पत्रकार कडेल तरकारी व्यापारतर्फ आकर्षित

Posted by Omn-Nepal on Tuesday, June 9, 2015 | 0 comments


काठमाडौँ । पत्रकारिता पेसाले घरपरिवार चलाउन धौधौ परेपछि यहाँका एक पत्रकार थप आम्दानी गर्न तरकारी व्यापारतर्फ आकर्षित भएका छन् । काठमाडौँ बाट प्रकाशित हुने ‘हाम्रो सन्देश डटकम’अनलाइन पत्रिकाका प्रधान सम्पादक गणेश कडेलले हरियो तरकारीको थोक तथा खुद्रा व्यापार गरी थप आर्थिक लाभ लिन थाल्नुभएको छ । उपभोक्तासमक्ष स्वच्छ तथा ताजा तरकारी पु¥याउने उद्देश्यले खोलिएको ताजा हरियो तरकारी बिक्री बजारमा भन्दा २० देखि २५ प्रतिशत कम मूल्यमा तरकारी बिक्री हुने गरेको गणेश कडेलको भनाइ छ । ललितपुरबाट १० कि।मी।को दूरीमा रहेको टीका भैरव र त्यहाँबाट २ कि।मी।को दूरीमा रहेको लेलेमा वार्षिक रु १ लाखमा २६ रोपनी जग्गा भाडामा लिएर जैविक तरकारीखेती सुरु गर्नुभएका कडेलले आफ्नो उत्पादन होलसेल र बीभीन कम्पनी लाई आफ्नै कम्पनी सैलुंग एग्रो फोरेट्री प्रा।ली मार्फत तरकारी बिक्री गर्दै आइरहनुभएको छ । सबै खर्च कटाएर वार्षिक रु चार लाख आम्दानी गर्ने लक्ष्य राखेका कडेलले निकट भविष्यमै रामेछापमा ५ सय रोपनी जग्गामा जैविक खेती गर्ने लक्ष्य रहेको बताउनुभयो । जैविक तरकारीखेती संगै ५० घार माहुरी पालन पनि गर्नु भयको छ । माहुरी पालन समन्धी तालिम पनि दिने र माहुरीको घार पनि बिक्री गर्ने बताउनुभयो ।

0 comments for "पत्रकार कडेल तरकारी व्यापारतर्फ आकर्षित"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु