५३ प्रमुख जिल्ला अधिकारीको सरुवा, कुन जिल्लामा को गए ?

Posted by Omn-Nepal on Tuesday, June 9, 2015 | 0 comments


काठमाडौं,-गृह मन्त्रालयले ५३ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । मंगलबार सरुवा भएका प्रजिअहरुमा १३ सहसचिव र ४३ उपसचिव स्तरका छन् । सहसचिव स्तरका प्रजिअ रहने चितवन, सर्लाही, धनुषा, सिराह, कपिलबस्तु, भक्तपुर, तनहुँ र कैलालीका प्रजिअ सरुवा भएका छन् ।

जसमा बिनोद प्रकाश सिंहलाई चितवन, महादेव पन्तलाई तनहुँ, मानबहदुर बिकलाई सिराह, कालीप्रसाद पराजुलीलाई धनुषा र बिष्णुप्रसाद ढकाललाई रुपन्देही पठाइएको छ । यसैगरी, अब्दुल कलाम खाँलाई कपिलबस्तु, राजकुमार श्रेष्ठलाई कैलाली, तोलम रायलाई भक्तपुर र मेघनाथ काफ्लेलाई सर्लाही सरुवा गरिएको छ । भूकम्प प्रभावित सिन्धुपाल्चोक, दोलखा, रापेछाप, नुवाकोट, भक्तपुर, सिन्धुली र रसुवाका प्रजिअ सरुवा भएका छन् । तीमध्ये सिन्धुली, दोलखा, नुवाकोट, रापेछाप र भक्तपुरका प्रजिअलाई मन्त्रालयमा तानिएको छ । यसअघि विपद्को बेला प्रजिअको काममा आलोचना भएपछि मन्त्रालयले सरुवाको तयारी थालेको थियो ।

0 comments for "५३ प्रमुख जिल्ला अधिकारीको सरुवा, कुन जिल्लामा को गए ?"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु