Posted by Omn-Nepal on Tuesday, June 18, 2013 | 0 comments


मानवअधिकार -- हरि खनाल न्यायकर्ताको इजलाशमा पालैपालो मानव अधिकारको रक्षाको लागि अपिल गर्नेहरूको भीड बढ्न थाल्यो । सबैभन्दा पहिले एउटी युवतीको पालो आयो । कल्र्याङकुर्लुङ बटारिएको कपाल, रङ्गीन परेली, कानमा फिरफिरे कुण्डल, लालीले आली बनाएको ओठ भएकी ती युवतीको अरु भागको वर्णन गर्न म जस्तो धकप्रसादको जोर त चल्दैन तर कनीकुथी सारांश बताउने धृष्टता गर्दछु । घाटीमा आइ लभ यू लेखिएको लकेट, ढाडबाट छातीको भागसम्म पुगेको पारदर्शी तुनाजस्तो फिताले लगभग १÷१०० भाग छोपिएको छाती, भाग्यमानी कलाकारले खोपिदिएको दुईवटा टाटु, कमरमुनि दुई अमले झिल्लरी झ्याइको घेरावाल पारदर्शी मिडीको मोहोताजस्तो कपडा अनि खुट्टामा हासको घाटीजस्तो उठेको हिलमा क्याटवाक गर्दै थिइन ती युवती । “श्रीमान् सरी सरी कस्तो बिर्सिएँ मेरो त बिवाह नै भएको छैन , हे दाजु मलाई लुगा भनेपछि माछोलाई थाप्ने खुगाको सम्झना आउछ । बिचरा माछाहरू कति छटपटाउछन् खुगामा परेपछि । लुगाले मलाई पनि लास्टै छटपटी बनाउछ । जाडो महिनालाई त लस्टै सरापेर बस्छु पो त । गर्मी लाग्यो अनि स्वतन्त्रताको बहार आयो । यस्तो तरिकाले हिंड्छु म । पुलिस दाजुहरूले यसपाली लास्टै दुख दियो नि । मैले जबर्जस्ती कपडा लाउनू रे , मेरो मानव अधिकार हनन भएन त दाजु ? ” न्यायकर्ता हेरेको हेरै भए । उनको आखाको परेली पनि हल्लिएन । मुख पनि आँमात्र भइरह्यो । नजिकै बसेकाले उनको आखा वरिपरि कागजले हम्किदिएपछि मात्र उनको आखा हल्लियो । “यिनले के भनिन् रे ?” न्यायकर्ताले सोधे । वरिपरिका मानिसहरूले मुखामुख गरे । “श्रीमान् सरी सरी, दाजु पनि के भन्नू ? देख्नासाथ बेहोश ? नहनुस् न मदहोश । अँ मैले मेरो मानवअधिकार खोजेको ?” उनैले सम्झाइन् । “ए ठीक छ । यिनलाई यिनको मानवअधिकार दिनू र रिहा गरिदिनू । सकेजति हिंड्नू, बरु कहिलेकाहीू हाम्रो टोलतिर पनि आउनू नि है ” प्रहरीले ती युवतीलाई छोडिदिए उनी बाहिरिइन् । दोस्रो व्यक्ति देखा प¥यो । “ढ्याङ्ग, ढ्याङ्ग, ढ्याङ्ग नमस्कार छ है ”, बन्दुक सोझ्याएको अभिनय गर्दै उसले ठूलो स्वरले नमस्कार ग¥यो । न्यायकर्ता उसलाई देखेर आत्तिए । उनले हात जोडेर नमस्कार फर्काए । उनको हात हावामा हल्लिएको विरुवाको पातजस्तो देखिन्थ्यो । “तपाइूलाई के चाहियो ?” “म हातमा गन लिएर हिंड्ने डन हुँ । मेरै अघिपछि नेताजति फनफन, फेरि यी पुलिसको केको गनगन ? म नभए न नेताको मुखमा माड लाग्छ न त पुलिसकै ठूला मान्छेको ढाड लाग्छ । यति जान्दाजान्दै किन घरिघरि च्याप्प, सबलाई पारिदउू छ्याक्कछ्याक्क । मेरो मानवअधिकार खै ?” “ए हो त , लौ यिनलाई सलाम ठोकेर इज्जतपूर्वक आप्mनो पेसामा जान छोडिदिनू” दोस्रो व्यक्ति निस्कनासाथ तेस्रो व्यक्ति आइपुग्यो । उसको हातमा काटिएको कपाल थियो र फुकालिएको मुन्द्रा पनि । “कुण्डलाय नमः, झ्यापुल्लाए नमः मुन्द्राय नमः, नमस्कार” ऊ ठूलो स्वरले चिच्याउूदै नमस्कार गरेर उभियो । “के भयो ?” न्यायकर्ताले सोधे “मेरो मानव अधिकार हनन भयो हजुर , यस विषयमा कलाकारले बोलिदिए, लेखकले बोलिदिए तर पनि यिनीहरू किन छोड्दैनन् हँ ? यिनीहरू हजामसँग मिलेको हुनुपर्छ । हजामहरू महिनामहिनामा कपाल काटेको मूल्य बढाउँछन् , कसरी सकिन्छ कपाल काट्न ? फेरि हामी नभए कुनै दलको आमसभा हुँदैन, जुलुसमा मान्छे हुँदैन” “लौ यिनको काटिएको कपालसमेत जोडिदिएर इज्जतसाथ रिहा गर्नू ” न्यायकर्ताले आदेश दिए । कपालकेस सकिनासाथ अरु पनि आए । केटाहरू सारी लाउन पाउँ भन्दै आए, चोरहरू चोराधिकारलाई मानवअधिकारको अभिन्न अङ्गको रुपमा व्याख्या गरिदेऊ भन्दै आए । सबैको माग पूरा गरे न्यायकर्ताले । अन्तमा एकजना पीडित उभिए इजलासको सामुन्नेमा । उनी निकै गम्भीर थिए । “हजुर नमस्कार छ , सिधासाधा मान्छे अन्यायमा परियो । मेरै सामुन्नेमा हाकाहाकी मेरो घर फुटाए चोरहरूले, उजुरी गर्न सुरक्षाकर्मीकहाँ पुगेको । उहाूहरूले त उल्टै आरोप लगाउनु भयो । ” “के भन्नुभयो उहाहरूले ?” “चोरले चोरुञ्जेल के हेरेको ? चोरलाई उम्किन दिने हो ? भन्दै मैलाई समात्नुभयो । मेरो मानवअधिकार हनन भयो हजुर” “ उहाहरूका कुरा गलत होइन, तपाइूले चाहनुभएको मानवअधिकार र न्याय खोज्ने भए पचास वर्षपछि आउनुहोला ” न्यायकर्ताले भने । भलादमी निरीह देखिए र एकोहोरो न्यायकर्तातिर हेरिरहे । परपर आबाज सुनिँदै थियो “हा हा मानवअधिकार, आहाहा मानव अधिकार ।”

0 comments for " "

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु