पेटमा जुम्ल्याहा बच्चा बोकेर भारोत्तोलन
Posted by Omn-Nepal on Thursday, June 25, 2015 | 0 comments
अस्ट्रेलियाको गोल्ड कोस्टनिवासी २६ वर्षीया सोफी गुडोलिनको पेटमा ६ महिनाका जुम्ल्याहा बच्चा हुर्किरहेका छन् । भारोत्तोलन सौखिन यिनले यस्तो अवस्थामा पनि भारोत्तोलनलगायत व्यायाम गर्न छोडेकी छै्रनन् ।
गर्भवती भएकाले पेट बढे पनि उनको बाँकी शरीर सामान्य युवतीको जस्तै छ । व्यायाम गर्दै गरेको फोटो उनले सामाजिक सञ्जालमा अप्लोड गरेपछि विभिन्न पत्रपत्रिका तथा अनलाइनले यसलाई समाचारको विषय बनाएका छन् ।
सामाजिक सञ्जालमा उनको फोटोमाथि कमेन्ट गर्नेहरूको संख्या बढ्दो छ । आफ्नो र पेटमा हुर्किरहेका बच्चाहरूको स्वास्थ्यमाथि हेलचेक्रयाइँ गरेको भन्दै उनलाई गाली गर्ने तथा यस्तो अवस्थामा पनि व्यायाम गर्ने साहस देखाएको भन्दै उनको तारिफ गर्ने दुवै खालका कमेन्ट आएको छ ।
डेलिमेलसँगको कुराकानीमा सोफीले भनिन्, ‘अहिले म ३० केजी वजन उठाउने गर्छु । सामान्य अवस्थामा ६० किलो वजन उठाउने गर्थेँ ।’ उनी भारोत्तोलन सिकाउने पेसेवर ट्रेनर पनि हुन् । सामाजिक सञ्जालमा आफूलाई गाली गर्नेहरू अधिकांश पुरुष रहेको उनी बताउँछिन् ।
‘उनीहरूले गर्नुपर्ने काम मैले गरिदिएँ, त्यही भएर ईष्र्या गर्छन् । मैले कति वजन उठाउनुपर्छ भनी सिकाउने उनीहरू को हुन् ?’ सोफीले भनिन् । गर्भवती अवस्थामा व्यायाम गर्नु ज्यादै लाभदायक रहेकोसमेत उनले बताइन् ।

0 comments for "पेटमा जुम्ल्याहा बच्चा बोकेर भारोत्तोलन"
Leave a reply