जहाँ हात्तीले गरिदिन्छ मसाज

Posted by Omn-Nepal on Thursday, June 25, 2015 | 0 comments


जहाँ हात्तीले गरिदिन्छ मसाज

एजेन्सी/ मसाज भन्नासाथ हामी कोमल हातले शरीरका मांसपेशीमा कोमलतापूर्वक गरिने मर्दनलाई बुझ्ने गर्छौँ । तर, थाइल्यान्डामा यामानको हात्तीबाट मसाज गराइन्छ भनेको सुन्दा आश्चर्य लाग्न सक्छ । तर यो कुरा सत्य हो ।
थाइल्यान्डमा तीन हजार केजी वजन भएको एउटा हात्तीले यसरी मसाज गरिदिने गरेको छ । यो हात्तीले आफ्नो मसाज गराउन आएका मानिसको शरीरमाथि आफ्नो खुट्टा राख्ने गर्छ र मिच्ने गर्छ । यसबाट मानिसले मसाजको आनन्द लिने गर्छन् ।
यो हात्तीले ढाडलगायत ठाउँमा मात्र नभई पुरुष तथा महिलाको संवेदनशील अंगमा खुट्टा राखेरसमेत मसाज गरिदिने गरेको छ । तर, यसो गर्दा शरीरको वजन मसाज गराउने मानिसमाथि नपरोस् भन्नेमा हात्ती पर्याप्त सचेत हुन्छ ।
यसरी मसाज गर्दा हात्तीले सन्तुलन मिलाएर आफ्नो खुट्टा मसाज गराउन आएका मानिसको शरीरमाथि राख्ने गर्छ । हात्तीको सन्तुलनमा अलिकति मात्र पनि तलमाथि भयो भने मानिसको ज्यानै जान सक्छ ।
थाइल्यान्डको चांग मई क्षेत्रमा हात्तीबाट मसाज गराउने यस्तो सुविधा उपलब्ध छ । यस्तो सेवा लिन टाढा–टाढाबाट मानिस आउने गरेका छन् । छेउमा बसेका इन्स्ट्रक्टरको निर्देशनअनुसार हात्तीले मसाज गरिदिने गरेको छ । हात्तीले सुँढले पनि मसाज गरिदिने गर्छ ।

0 comments for "जहाँ हात्तीले गरिदिन्छ मसाज"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु