चिरैचिरा परेको भवनमा कलेज संचालन
Posted by Omn-Nepal on Wednesday, June 10, 2015 | 0 comments
काठमाडौं,-इन्जिनियरहरुबाट चेकजाँच नै नगराई काठमाडौंमा एक कलेजले भूकम्पले चिरैचिरा परेको भवनमा पढाउन थालेको छ । होटल मेनेजमेन्टसम्बन्धि पढाई हुने पद्यमश्री कलेजले कोटेश्वरमा जोखिमपूर्ण भवनमा राखेर बिद्यार्थीलाई पढाउदै आएको छ ।
कोटेश्वर ३५ राजाजन्म मार्गमा रहेको जोखिमपूर्ण भवनमा परिक्षण नै नगराई पढाउन थालेपछि आधा मात्र बिद्यार्थी कलेज आएका छन् । कलेज संचालक भन्दा पनि घरधनीको लापरबाहीका कारण बिद्यार्थीहरु जोखिमपूर्ण भवनमा पढ्न बाध्य छन् ।

बिद्यार्थीहरुको मागका बाबजुत घरधनी उदय पराजुलीले घरको परिक्षण गराएका छैनन् । बाहिरैबाट घरमा चिराचिरा पर्न देख्न सकिन्छ ।
महानगरपालिकाबाट तीन तल्लाको नक्सापास गराएर ६ तल्ला बनाइएको छ । त्यसमा पनि तल सानो र माथि ठुलो भवन बनाएकाले स्थानीयहरु समेत उक्त घरका कारण छिमेकीहरु समेत असुरक्षित छन् । छेउमा एप्पल नामक किन्डर गार्डेन स्कुल समेत जोखिममा परेको छ । कलेजले बोर्ड समेत नराखी पढाउदै आएको छ ।
सहरी विकास मन्त्रालयले इन्जिनियरहरुबाट पास नगराई कुनै पनि भवन प्रयोग नगर्न निर्देशन दिइसकेको छ । तर इन्जिनियरबाट चेकजाँच गराउदा रातो इष्टिकर पाउने डरले घरधनी पराजुलीले परिक्षण गराएका छैनन् । जसका कारण सयौ बिद्यार्थी तथा छिमेकी जोखिममा परेका छन् ।
0 comments for "चिरैचिरा परेको भवनमा कलेज संचालन"
Leave a reply