चक्कु प्रहारबाट राधिकाको मृत्यु

Posted by Omn-Nepal on Saturday, June 13, 2015 | 0 comments


काठमाडौँ, ३० जेठ । काठमाडौँको मनमँैजुमा डेरा गरी बस्ने ३२ वर्षीया राधिका कार्कीको चक्कु प्रहारबाट आज मृत्यु भएको छ । 



धादिङ छत्रेदेउराली–६ की राधिकालाई उनकै श्रीमान् ४२ वर्षीय हरिहर कार्कीले शुक्रबार तरकारी काट्ने चक्कुले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएकीेमा शिक्षण अस्पतालमा उपचारको क्रममा आज उनको मृत्यु भएको हो । 

घटनामा संलग्न हरिहरलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ । 

यसैबीच, तारकेश्वर नगरपालिका–९ पुरानो गुह्येश्वरी बस्ने जीतनारायण चित्रकारको घरमा अवैधरुपमा जुवातास खेलिरहेको अवस्थामा चित्रकारसमेत १० जनालाई नगद रु २८ हजार ८०५ र ६ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ । 

सो घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 comments for "चक्कु प्रहारबाट राधिकाको मृत्यु"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु