दुब्लाउन खोज्दा यस्तो हबिगत

Posted by Omn-Nepal on Thursday, June 25, 2015 | 0 comments



दुब्लाउन खोज्दा यस्तो हबिगत
एजेन्सी/ अस्ट्रेलियाकी ३४ वर्षीया एम्मा लावेलको ६ वर्षअघि दुई सय २० केजी वजन थियो । डाक्टरहरूले यत्रो ठूलो वजन उनको सौन्दर्यका लागि मात्र होइन, ज्यानकै लागि घातक हुन सक्ने बताए । वजन नघटाए उनी थप ६ देखि १० वर्षसम्म मात्र बाँच्ने सम्भावना रहेको डाक्टरहरूले बताए ।
yesto
त्यसपछि एम्माले शरीरको वजन घटाउने संकल्प गरिन् । शरीरको वजन घटाउन त उनी सफल भइन्, तर अहिले उनको शरीर अचम्मको भएको छ । वजन घटाउन उनले ग्यास्ट्रिक बाइपास सर्जरी गराइन् । सर्जरीपछि उसको वजन एक सय ३५ केजी कम भयो, तर यसको साइड इफेक्टका रूपमा उनको शरीरको छाला झोल्लिन पुग्यो ।
अहिले उनको शरीरमा २० किलोजति छाला झोल्लिएको छ । यसरी झोल्लिएको छालाले उनको सौन्दर्यमा ह्रास ल्याउनेबाहेक दोस्रो काम नगरेको डाक्टरहरूको भनाइ छ । झोल्लिएको छालाका कारण जिमलगायतका कार्य गर्न उनलाई अप्ठ्यारो भइरहेको छ । तर पनि, अफिस र घरको काम गर्न आफूलाई त्यति अप्ठ्यारो नभएको उनको भनाइ छ ।

0 comments for "दुब्लाउन खोज्दा यस्तो हबिगत"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु