नेपालीले जुटाए टिकट खर्च सिरियामा बन्धक सुनितालाई नेपाल फकाईदैं सिरियामा बन्धक सुनितालाई नेपाल फकाईदैं

Posted by Omn-Nepal on Tuesday, June 9, 2015 | 0 comments


धादिङ, २७ जेठ - दलालले सिरिया पु¥याएर घरेलु कामदारका रुपमा कामलगाई वन्धक बनाईएकी धादिङकी सुनिता मगरको उद्धारका लागि विभिन्न देशमा रहेका नेपालीहरुले चासो देखाएपछि उनि देश फर्कन पाउने भएकि छन । एक बर्ष अघि दलाल मार्फत सिरिया पु¥याईएकी नेपाली चेली सुनितालाई नेपाल फर्काउन रकमको अभाव भएपछि नेपालीहरु उनको सहयोगमा जुटेका हुन । नेपाल फर्किने टिकट किन्न आवश्यक रकम साथमा नहुंदा सुनिता द्धन्दग्रस्त मुलुक सिरियाबाट नेपाल फर्कन पाएकी थिईनन । सुनिताको नेपाल स्थायी ठेगाना धादिङ नीलकण्ठ नगरपालिका –८ मगर गाउँ हो । रोजगारीका लागि भन्दै दलालले एक बर्ष अघि सिरिया पु¥याएर छोडेकी सुनिताको काम गरे वापतको तलव पनि सोही दलालले अग्रिम भुक्तानी लिएर गएका कारण सुनिताको बिचल्ली भएको हो । धादिङ मैदी घर भई हाल फिनल्याण्ड बस्ने गैर आवासिय नेपाली संघ, एनआरएन फिनल्याण्डका कार्यकारी अध्यक्ष वालकृष्ण श्रेष्ठको पहलमा सुनिताको पछिल्लो अवस्था पत्ता लाग्नुका साथै उनको पासपोर्ट साहुबाट फिर्ता पाएपछि सुनितालाई त्यहाँबाट उद्धारको प्रयास शुरु भएको हो । श्रेष्ठका अनुसार खर्च अभावकै कारण सुनितालाई नेपाल फर्काउन नसकिए पछि एनआरएन फिनल्याण्ड मार्फत विभिन्न देशमा छरिएर रहेका नेपालीहरुबाट ८ सय युरो संकलन गरिएपछि सुनिता नेपाल फर्कने वाटो खुलेको हो । सुनिताको टिकट खर्चका लागि शुरु गरिएको सहयोग संकलन अभियानमा एकै दिनमा विभिन्न व्यक्तिबाट ८ सय डलर जम्मा भएपछि सो रकम सुनितालाई उपलव्ध गराई नेपाल फर्काउन लागिएको ?ेष्ठले वताउनु भयो । विवाहको केही बर्ष पछि श्रीमानले सौता भित्र्याएपछि एक छोरा र एक छोरीलाई माईतीमा छोडेर सुनिता कमाउने उद्धेश्यले बैदेशिक रोजगारीका लागि गएकी थिईन । सरकारले काम गर्न जानका लागि अनुमति समेत नदिएको देशमा पुगेकी सुनिताले चार महिना अघि आमालाई फोन सम्पर्क गरी आंफु वन्धक वनाईएको र काम गरेवापत ज्याला पनि नपाउने गरेको वताएपछि उनि बिच्चलीमा परेको रहस्य वाहिर आएको हो । दलालले उनलाई कसरि सिरिया पुर्याएको हो भन्ने वारेमा केही खुल्न नसकेपनि सुनिताले आमालाई फोन गरी आफू बाँचेर घर फर्कन सक्ने अवस्था नरहेको भन्दै आफ्नो घरफिर्तिका लागि पहल गर्न आग्रह गरेको समाचार प्रकाशित भएपछि उनको खोजी अभियान शुरु गरिएको श्रेष्ठले वताए । आफ्नै जिल्लाको एक चेली विदेशमा अलपत्र परेको खबर थाहा पाएपछि अन्र्तराष्ट्रिय नियोगहरु मर्फत सुनिताको खोजी गर्दा सिरियामा घरेलु कामदारको रुपमा वन्धक वनाएर काममा लगाएको अवस्थामा भेटिएको श्रेष्ठले जानकारी दिए । सुनिताको अवस्था पत्ता लागेपछि उनलाई सकुशल उद्धारका लागि पहल शुरु गरिएको हो । एनआरएन सदस्य श्रेष्ठले विभिन्न अन्र्तराष्ट्रिय नियोग मार्फत धेरै पटकको प्रयासपछि सुनिताको रोजगारदाताले उनलाई घर फर्काउन सहमति जनाएका हुन । शुरुमा दलालले अग्रिम लगेको रकम फिर्ता दिनुपर्ने शर्त राखेर मालिकले असहयोग गरेपनि पटक पटकको आग्रह पछि मालिकले पासपोर्ट फिर्ता दिएर सुनितालाई घर पठाउन अनुमति दिएको श्रेष्ठले वताए । दलालले लगेको भनिएको अग्रिम रकमका वारेमा भने केही खुल्न सकेको छैन । सिरियाबाट नेपाल फर्कनका लागि करिव ८ सय अमेरिकी डलर खर्च लाग्ने भएकाले अहिले सोही रकम जुटाउन शुरु गरिएको पहलमा मंगलवार दिउंसो सम्ममा ४ सय युरो संकलन भईसकेको र बांकी रकम पनि संकलनका लागि पहल भइरहेको श्रेष्ठले वताए । घर फर्कने टिकट किन्न पुग्ने रकम जुटाएर जतिसक्दो छिटो सुनितालाई नेपाल फर्काउन पहल भईरहेको वताईएको छ । सुनिताको परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुले सो रकम जुटाउन असमर्थ रहेका थिए । अव जति सक्दो छिटो सुनितालाई नेपाल पठाउने तयारी भईरहेको श्रेष्ठले जानकारी दिनु भयो ।

0 comments for "नेपालीले जुटाए टिकट खर्च सिरियामा बन्धक सुनितालाई नेपाल फकाईदैं सिरियामा बन्धक सुनितालाई नेपाल फकाईदैं "

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु