आँखुखोला आयोजनाबाट व्यवसायिक रुपमा बिद्युत्त उत्पादन
Posted by Omn-Nepal on Tuesday, July 30, 2013 | 0 comments
एशोदा नेपाल धादिङ, / आंखुखोला जलबिद्युत्त आयोजनाले मंगलवार देखि व्यवसायिक रुपमा आफ्नो उत्पादन शुरु गरेको छ । मुलुकमा बढ्दै गईरहेको चरम उर्जा संकटलाई न्यूनिकरण गर्ने उद्धेश्यले स्वदेशी लगानीमा आँखुखोला –१ जलविद्युत आयोजनाको निर्माण गरिएको आँखुखोला जलबिद्युत्त कम्पनी लिमिटेडका कार्यकारी निर्देशक विश्वनाथ कंडेलले वताउनु भयो । नेपालीहरुको मात्र प्रबद्र्धन र स्थानीय बैंक तथा वित्तिय संस्थाहरुको लगानीमा २०६६ साल मंसिरदेखी निर्माणकार्य शुरु गरिएको आंखुखोला आयोजना धादिङ जिल्लाको सल्यानकोट र मार्पाक गा.वि.स मा रहेको छ । गत असार महिनामा निर्माण कार्य सम्पन्न भई साउन १४ गते सोमवार देखि देखी बिद्युत उत्पादन राष्ट्रिय प्रसारणमा जोडिएको मंगलवार कम्पनीद्धारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । आयोजनाको क्षमता ८.४ मेगावाट भए पनि हाल आयोजनाले क्षमता भन्दा करिव १० प्रतिशत बढी अर्थात् करिव ९.२ मेगावाट विद्युत उत्पादन गरिरहेको र सो मध्ये हाल धादिङ जिल्लामा करिव २ मेगावाट विद्युत खपत भई बाँकी ७ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा थपिएको कम्पनीले जनाएको छ । आयोजनाको निर्माणमा करीव रु १ अर्ब ७८ करोड खर्च भएको कम्पनीले वताएको छ । निजी क्षेत्रवाट निर्माण भएको सबैभन्दा पहिलो ‘क्यसकेड’ आयोजना भएको प्रवद्र्धकहरुको भनाई छ । कम्पनीमा हाल दुई सय पांच जना शेयरधनीहरु मध्ये करिव ५१ जना शेयरधनीहरु जिल्ला बासी नै रहेका छन् । प्राइम कमर्सियल बैंक लि. को अगुवाइमा किष्ट बैंक लि., सनराइज बैंक लि., माछापुच्छ«े बैक लि., राष्ट्रिय बाणिज्य बैंक लि., र काष्ठमण्डप डेभलपमेन्ट बैंक समेतको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको आयोजनाको क्यासकेड आयोजनाको रुपमा १०.५ मेगावाट सम्मको विद्युत उत्पादन हुन सक्ने अध्ययनले देखाएको बताईएको छ । आयोजनावाट हिउंदमा बिद्युत्त उत्पादन कम हुन नदिन ६ घण्टासम्म पानी रोक्न सक्ने क्षमताको ताल बनाईएको र ताल २ दशमलव ५ किलोमिटर लामो र १ किलोमिटर लामो र १ किलोमिटर चौडा रहेको छ । आयोजनावाट १३ मेगावाट सम्म बिद्युत्त उत्पादन गर्न सकिने सम्भावना रहेको कार्यकारी निर्देशक कंडेलले वताउनु भयो । कम्पनीे आफैले आयोजनाको पावरहाउस देखी नेपाल विद्युत प्राधिकरणको धादिङ्गबेसी सव–स्टेशन सम्म १३ कि.मी लामो ट्रान्समिसन लाईन बनाई सो सव–स्टेशनको लागि धादिङबेसीमा आवश्यक जग्गा खरिद गरी सव–स्टेशन निर्माण गरिएको कार्यकारी निर्देशक कंडेलले जानकारी दिनुभयो । कम्पनीले ७ कि.मी. लामो पहुँच मार्ग र अन्य स्थानीय स्तरमा सडक निर्माण, स्वास्थ्य सेवा, खानेपानी, माइक्रोहाइड्रो निर्माण, शिक्षा क्षेत्र लगायतका विभिन्न क्षेत्रमा सक्दो सहयोग पु¥याएको कम्पनीले जनाएको छ । आगामी दिनमा स्थानिय जनतासँग सहकार्य गरी नयाँ आयोजनामा अघि बढ्ने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ । को रहेको छ । आयोजनाले व्यवसायिक रुपमा बिद्युत्त उत्पादन शुरु गरेको अवसरमा आयोजना विकासको लागि सहयोग पु¥याउने शेयरधनी, लगानी कर्ता बैंक तथा बित्तिय संस्थाहरु, स्थानीयबासी, सरकारी निकायहरु, कर्मचारी साथै आयोजना निर्माणमा संलग्न सिभिल ठेकेदार, हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल निर्माण कम्पनी तथा सप्लायरहरु लगायत सम्पुर्णमा कम्पनीले आभार व्यक्त गरेको छ ।
0 comments for " आँखुखोला आयोजनाबाट व्यवसायिक रुपमा बिद्युत्त उत्पादन"
Leave a reply