‘नेत्रावती’ नयां व्यबस्थापनमा सम्पादकमा एशोदा
Posted by Omn-Nepal on Tuesday, July 30, 2013 | 0 comments
धादिङ/ सूचना र समाचारको प्रवाह भन्ने मुल उदघोषका साथ ६ बर्ष देखि हरेक विहीवार प्रकाशित हुंदै आईरहेको नेत्रावती साप्ताहिक २०७० साउन ९ गते देखि अब हरेक बुधवार प्रकाशित हुने भएको छ । विकास तथा खोज पत्रकारितामा धादिङ जिल्लामा छुट्टै पहिचान वनाउन सफल लोकप्रिय साप्ताहिक पत्रिका नेत्रावती प्रकाशन आरम्भ भएको छ बर्ष पछि पत्रिकाको व्यवस्थापनमा नयाँ साझेदारको प्रवेश संगै नेत्रावती साप्ताहिकले आफ्नो पुरानो संरचनामा परिवर्तन ल्याएको हो । २०६४ सालमा केशव अधिकारी प्रकाशक रहेर दर्ता भई प्रकाशित शुरु भएकोे नेत्रावती २०६८ साउन देखि नेत्रावती मिडिया प्रा.लि.को स्वामित्वमा गएको थियो । नेत्रावती मिडिया प्रा.लि.ले स्वामित्व लिएको ठिक दुई वर्ष पछि कम्पनीले नेत्रावती साप्ताहिक पत्रिकाको बित्तिय सुधारका लागि नयां साझेदारको प्रवेश गराउंदै आफ्नो आन्तरिक व्यवस्थापनमा पनि हेरफेर गरेको छ । पत्रिकाको व्यवस्थापनमा साझेदारी गर्न माहाशक्ती इन्टरनेशनल प्रा.लि. आएपछि नेत्रावती साप्ताहिकको संस्थापक लगानीकर्ता नेत्रावती मिडिया प्रा.लि.को तर्फवाट पत्रिकाको सम्पादकको जिम्मेवारी एशोदा नेपाललाई दिईएको हो । पत्रिकाको ं व्यवस्थापनमा नयाँ साझेदारको आगमन संगै पत्रिका प्रकाशन हुने वार र पत्रिकाको मास्टहेड डिजाईनमा समेत परिवर्तन गरिएको छ । नेत्रावती साप्ताहिकको सम्पादकको जिम्मेवारीमा आउनुभएकी एशोदाले शिक्षा शास्त्र संकायमा स्नातक तहको अध्ययन पुरा गरी हाल स्नातकोत्तर तहको अध्ययनमा हुनुहुन्छ । सम्पादक नेपाल २०६१ सालदेखि धादिङ जिल्लामा पत्रकारितामा सक्रिय रहंदै आउनुभएको छ । त्रिशूली प्रवाह साप्ताहिकबाट पत्रकारितामा प्रवेश गर्नुभएकी एशोदाले राससको समाचारदाताका रुपमा पनि काम गरिसक्नुभएको छ । यसैगरी २०६४ सालदेखि राजधानी दैनिकमा पनि आवद्ध रहंदै आउनुभएको छ । नेत्रावती साप्ताहिकको प्रमुख कार्यकारी सम्पादक र नेत्रावती मिडिया प्रा.लि. निर्देशकको जिम्मेवारी सम्हाली सक्नुभएकी एशोदालाई नेत्रावती मिडिया प्रा.लि. संचालक समितिले साउन १ गते देखि सम्पादकको जिम्मेवारी दिएको हो । यस अघि नेत्रावती मिडिया प्रा.लि.ले धादिङ न्युज डट कम अनलाइनपत्रिकाको सम्पादकको जिम्मेवारी पनि एशोदालाई दिईसकेको छ । नेत्रावती मिडिया प्रा.लि.ले नयां व्यवस्थापनबाट प्रकाशन शुरु गरेको नेत्रावती साप्ताहिकलाई अझै परिष्कृत र सबैको लागि उपयोगी बनाउंदै लैजाने वताएको छ । नेत्रावती मिडिया प्रा.लि. संचालक समितिले नेत्रावती साप्ताहिक प्रकाशन आरम्भ भएदेखि हालसम्म विभिन्न जिम्मेवारी र कोणमा रहेर सहयोग पु¥याउने सबैलाई आभार व्यक्त गर्दै अत्यन्तै जटिल अवस्थामा पत्रिकामा रहेर साथ दिनेहरुको अमुल्य गुनलाई कहिल्यै विर्सन नसक्ने जनाएको छ । २०६४ साल मंसिरवाट प्रकाशन आरम्भ भएको नेत्रावती साप्ताहिक २०६५ जेठमा बिशेषकारण बश केही महिना स्थगित भएर त्यसपछिका दिनमा नियमित रुपमा प्रकाशित हुंदै आईरहेको छ । नेत्रावती मिडिया प्रा.लि.ले २०६८ साल साउन १ गते बाट पत्रिकाको स्वामित्व आफुमा लिएको थियो ।
0 comments for " ‘नेत्रावती’ नयां व्यबस्थापनमा सम्पादकमा एशोदा"
Leave a reply