Posted by Omn-Nepal on Tuesday, July 30, 2013 | 0 comments


हाम्रो बारे जनचासो र सरोकारका सवालहरुलाई समाचारको मुल मुद्धा बनाउदै पत्रकारितामा नयाँपन, समर्पण र संघर्षका लागि २०६४ साल कार्तिक १५ गते देखी सुचना र समाचारको प्रबाह भन्ने मुलनाराका साथ २०६४ साल कार्तिक देखी धादिङ जिल्लाबाट नेत्रावती साप्ताहिक निरन्तर रुपमा प्रकाशित हुँदै आईरहेकोछ । नेत्रावती साप्ताहिकको प्रकाशक नेत्रावती मिडिया प्रा लि धादिङ हो । कानुन बमोजिम नेपाल सरकारबाट स्वीकृति लिएर स्थापना भएको नेत्रावती मिडियाले धादिङ जिल्लामा रहेर मिडिया तथा सूचना प्रविधिसँग सम्वन्धीत कामहरु गर्दछ । नेत्रावती मिडियाका प्रबन्ध निर्देशक केशव अधिकारी नेपाली राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्टका साथै उज्यालो नाइण्टी नेटवोर्क सँग आबद्ध हुनुहुन्छ । त्यसैगरी नेत्रावती साप्ताहिकका सम्पादक एशोदा नेपाल धादिङन्युज डट कमका सम्पादक समेत हुनुहुन्छ । लामो समय देखी पत्रकारीतामा सम्लग्न ब्यक्तीहरुको सार्थक प्रयास बाट नेत्रावती साप्ताहिक अगाडि बढीरहेको छ । नेत्रावती साप्ताहिकको प्रकाशन सँगै २०६६ चैत ११ गते रामनवमीका दिनदेखी नेत्रावती अनलाईन खबर पत्रिका www.netrawati.wordpress.com पनि संचालनमा रहेको छ । नेत्रावती साप्ताहिक र नेत्रावती अनलाईन सँगै धादिङ जिल्लाको सम्पुर्ण खबर भन्ने नाराका साथ नेत्रावती मिडियाले www.dhadingnews.com पनि संचालन गरिरहेको छ । पत्रकारिता, सूचना प्रविधि र अन्य विविध क्षेत्रमा सक्रिय व्यक्तिहरु नेत्रावती साप्ताहिक, नेत्रावती अनलाईन र धादिङ न्युज डट कम (अनलाईन खबर पत्रिका)मा समावेश छन् । हामीलाई पत्रकारिता, सूचनाप्रविधि, राजनीति, व्यावसाय लगायत सबै क्षेत्रमा सक्रिय व्यक्तित्वहरुले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा साथ दिइरहनुभएको छ । नेत्रावती मिडियाले देश बिदेशमा रहेका धादिङ जिल्लाबासीका साथै धादिङ जिल्लालाई नजिकबाट माया गर्नुहुने पाठक र शुभचिन्तकहरुकोलागी अनलाइन पत्रिकाको आरम्भ गरेको हो । नेत्रावती साप्ताहिक, नेत्रावती अनलाईन र धादिङ न्युज डट कम (अनलाईन खबर पत्रिका)ले विश्वभरी छरिएर रहेका धादिङ जिल्लाबासी र आम नेपालीहरुका बिच जिम्मेवार समाचार र जानकारीहरु प्रस्तुत गर्नेछ। नेत्रावती मिडियामा कृयाशिल पत्रकारहरूको समूहले हरेक महत्वपूर्ण विषय लाई तत्काल समाचारका रुपमा प्रवाह गर्नेछ । सुचना र समाचारको प्रबाह भन्ने नेत्रावती साप्ताहिक’को मूल मर्म नेत्रावती साप्ताहिकको डिजिटल पत्रिकामा पनि कायम रहनेछ । नेत्रावती साप्ताहिक नीलकण्ठ-५,धादिङ्बेसी(धादिङ) फोन -९७७-१०-०१०-५२१०२७/ ५२०८३८ ईमेल -netrawati@gmail.com

0 comments for " "

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु