गाउं गाउंमा उत्तरदायित्व संयन्त्र कार्यक्रम

Posted by Omn-Nepal on Friday, April 5, 2013 | 0 comments


धादिङ/स्थानीय शासनको सुदृढिकरणमा टेवा पुर्‍याउने लक्ष्यका साथ धादिङ जिल्लामा स्थानीय शासन तथा उत्तरदायित्व संयन्त्र कार्यक्रम सञ्चालन हुने भएको छ । स्थानिय पर्ुवाधार विकास कार्यहरुको सञ्चालनमा स्थानिय उपभोक्ता तथा नागरिकको अनुगमन तथा निगरानी अभिवुद्धिका लागी नागरिक समाजका संस्थाहरुको क्षमता विकास गर्न कार्यक्रमले सघाउ पुर्‍याउने वताईएको छ । सिमान्तकृत तथा जोखिममा परेका समुदाय र महिलाहरुलाई उनीहरुको हकको दावी गर्ने क्षमता विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्य भएको ग्रामीण आपसि विकास नेपालका अध्यक्ष शेरवहादुर भण्डारीले बताएका छन । धादिङ जिल्लामा सञ्चालन हुन लागेको कार्यक्रमका वारेमा सरोकारवालाहरुलाई जानकारी गराउने उद्देश्यले बिहीवार धादिङबेसीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा स्थानिय शासन प्रणालीलाई अझ बढी पारदर्शी र उत्तरदायी बनाई स्थानिय सरकारद्धारा उपलब्ध बस्तु तथा सेवा प्रवाहमा सुधार तथा प्रभावकारीता अभिवुद्धि गराउने बिषयमा छलफल गरिएको थियो । परिक्षणका रुपमा शुरु भएको कार्यक्रमले धादिङबेशी देखि तिप्लीङ सडक, धादिङबेशी-सुनौलाबजार-फोस्रेटार सडक र चरिअमिले झोलुङ्गे पुल बैरेनी-७ र पिडा-१को वारेमा अध्ययन गर्न लागिएको बताईएको थियो ।

0 comments for "गाउं गाउंमा उत्तरदायित्व संयन्त्र कार्यक्रम"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु