धादिङ जिल्लालाई चिन सरकारले बस्तुगत सहायता दिने
Posted by Omn-Nepal on Friday, April 5, 2013 | 0 comments
धादिङ/ आफ्ना भूभाग संग सिमाना जोडिएका नेपाली बस्तिहरुमा हरेक बर्षविभिन्न किसिमका सहयोग दिंदै आईरहेको चिन सरकारले यस बर्षपनि बस्तुगत सहायता अर्न्तगत सहयोग उपलव्ध गराउने भएको छ । केरुङ नाका अर्न्तगत पर्ने धादिङ, गोरखा र रसुवा गरी तीन जिल्ला सरकारी अधिकारीहरुसंग चिन सरकारले उपलव्ध गराउने बस्तुगत सहायताका बिषयमा चैत १३ र १४ गते चीनको गिलोङ जिल्लाको केरुङमा चिनिया सरकारी अधिकारी र नेपालका तर्फाट धादिङ, रसुवा र गोरखा जिल्लाका सरकारी अधिकारीहरुको सहभागिता रहेको थियो । केरुङमा सम्पन्न भएको दर्ुइदेशका अधिकारीहरुका बिचको छलफलमा केरुङ नाका नजिक रहेका नेपालका तीनवटै जिल्लाका लागि यस बर्ष३०-३० लाखका दरले बस्तुगत सहायता उपलव्ध गराउने सहमती भएको नेपाली प्रतिनिधी मण्डलले जनाएको छ । बस्तुगत सहायता अर्न्तगत नेपाली टोलीले कम्प्युटर,प्रिन्टर,जस्तापाता,सोलार लगायतका सहयोग माग गरेको बैठकमा सहभागी नेपाली प्रतिनिधीमण्डलका सदस्य धादिङका स्थानीय विकास अधिकारी रमेश न्यौपानेले बताउनुभयो । टोलीमा जिल्ला विकास समिति धादिङका लेखा अधिकृत चिरञ्जिवी अधिकारी,रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालका साथै गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतको सहभागिता रहेको थियो । चिन सरकारका प्रतिनिधीहरुले नेपाली प्रतिनिधीमण्डलले माग गरेको बस्तुगत सहायताका वारेमा तत्काल चिन सरकारलाई जानकारी गर्राई आगामी तीन महिना भित्रमा सहयोग सामाग्रीहरु सम्वन्धित जिल्लालाई उपलव्ध गराउने प्रतिबद्धता जनाएको नेपाली प्रतिनिधी मण्डलका सदस्य रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी रिमालले वताउनुभयो । चिन सरकारले विगतका बर्षा पनि चिनसंग सिमाना जोडिएका जिल्लाहरुका लागि बस्तुगत सहायता अर्न्तगत सहयोग दिंदै आईरहेको बताईएको छ । चिन सरकारवाट उपल्व्ध हुने बस्तुगत सहायता अर्न्तगतका सामानहरु अति विपन्न तथा पिछडिएका समुदायको पहिचान गरी बितरण गरिने जिल्ला विकास समिति धादिङले जनाएको छ ।
0 comments for "धादिङ जिल्लालाई चिन सरकारले बस्तुगत सहायता दिने"
Leave a reply