धादिङका करिब चार हजार बालबालिका स्कुल जादैनन्
Posted by Omn-Nepal on Friday, April 19, 2013 | 0 comments
६ वैशाख , धादिङ । शैक्षिकसत्र २०७० को सुरुवातसँगै जिल्लाभरिका शिक्षक र शिक्षा कार्यलयसँग सम्बन्धित स्रोत व्यक्ति, विद्यालय निरीक्षकलगायतका सरोकारवाला निकाय र व्यक्तिहरू विद्यालय भर्ना अभियानमा जुटेका छन् । पहिलो चरणको अभियान वैशाख १४ गतेसम्म र दोस्रो चरणको अभियान वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ । विसं २०६८ को जनगणनाअनुसार जिल्लाभरिमा उमेर पुगेर पनि विद्यालय नजाने बालबालिकाको सङ्ख्या चार हजार ५१६ जना रहेकोमा यस वर्ष सत्प्रतिशत बालबालिकालाई विद्यालयमा भर्ना गराउने उद्देश्यका साथ अभियानको थालनी गरिएको जिसिअ दीपेन्द्रराज सुवेडीले बताउनुभयो । सुरुमा विद्यालय भर्ना भए पनि बीचमा विद्यालय जान छाड्ने गरेकाले अब त्यस्तो अवस्था आउन नदिनका लागि वैशाख १५ गतेदेखि घरदैलो कार्यक्रमसमेत सञ्चालन गरी शिक्षाको महत्वबारे अभिभावकहरूलाई जानकारी गराउने कार्यक्रम रहेको छ । विद्यालयहरूको स्तरगत अवलोकन गरी बालमैत्री कक्षाकोठाहरू निर्माण गरिएको र शिक्षक स्रोत व्यक्तिका अतिरिक्त यस वर्ष गैरसरकारी सङ्घसंस्था, राजनीतिक दल, नागरिक समाजका अगुवाहरूबाट समेत भर्ना अभियानमा सार्थक सहयोग प्राप्त भइरहेकाले विगत वर्षको तुलनामा यस वर्ष भर्ना अभियान कार्यक्रम प्रभावकारी सिद्ध हुने दाबी जिसिअको रहेको छ ।
0 comments for " धादिङका करिब चार हजार बालबालिका स्कुल जादैनन्"
Leave a reply