सिमाना जोडिएका गाउँमा चीनले बस्तुगत सहायता दिने

Posted by Omn-Nepal on Thursday, March 28, 2013 | 0 comments



धादिङ, चैत १५ - आफ्ना भूभागसंग सिमाना जोडिएका नेपालीबस्तीहरुमा हरेक बर्ष विभिन्न किसिमका सहयोग दिंदै आईरहेको चिन सरकारले यस बर्ष पनि बस्तुगत सहायता अन्र्तगत सहयोग उपलव्ध गराउने भएको छ । केरुङ नाका अन्र्तगत पर्ने धादिङ, गोरखा र रसुवा गरी तीन जिल्ला सरकारी अधिकारीहरुसंग चिन सरकारले उपलव्ध गराउने बस्तुगत सहायताका बिषयमा चैत १३ र १४ गते चीनको गिलोङ जिल्लाको केरुङमा चिनियाँ सरकारी अधिकारी र नेपालका तर्फवाट धादिङ, रसुवा र गोरखा जिल्लाका सरकारी अधिकारीहरुबीच छलफल भएको छ । केरुङमा सम्पन्न भएको दुईदेशका अधिकारीहरुका बिचको छलफलमा केरुङ नाका नजिक रहेका नेपालका तीनवटै जिल्लाका लागि यस बर्ष ३०–३० लाख रुपैयाँका दरले बस्तुगत सहायता उपलव्ध गराउने सहमति भएको नेपाली प्रतिनिधी मण्डलले जनाएको छ । बस्तुगत सहायता अन्र्तगत नेपाली टोलीले कम्प्युटर, प्रिन्टर, जस्तापाता, सोलारलगायतका सहयोग माग गरेको बैठकमा सहभागी नेपाली प्रतिनिधीमण्डलका सदस्य धादिङका स्थानीय विकास अधिकारी रमेश न्यौपाने बताउनुभयो ।

0 comments for "सिमाना जोडिएका गाउँमा चीनले बस्तुगत सहायता दिने"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु