धादिङलाई अवैध हतियार मुक्त बनाइने
Posted by Omn-Nepal on Tuesday, February 19, 2013 | 0 comments
धादिङ, फागुन ८ – धादिङ जिल्लालाई अवैध हातहतियार मुक्त जिल्ला बनाइने भएको छ । जिल्लामा अवैध हतियार देखापर्ने क्रम बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा जिल्ला सुरक्षा समितिले जिल्लालाई अबैध हातहतियार मुक्त जिल्ला वनाउने निर्णय गरेको हो ।
अबैध हतियारको प्रयोगवाट मानिसहरुको ज्यान लिने र अन्य अपराधका घटनाहरु गराउनेहरु सक्रिय हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अवैध हातहतियार जिल्ला सुरक्षा समितिमा बुझाउन आग्रह गरेको छ ।
जिल्ला भित्र कोहि कसैले पनि अबैध हात हतियार र गोली गठ्ठा राखेको भएमा आंफुलाई पायक पर्ने प्रहरी युनिटमा ल्याएर उक्त हतियार बुझाउन जिल्ला सुरक्षा समितिले सार्वजनिक अपिल गरेको छ ।
धादिङ जिल्लालाई अबैध हातहतियार मुक्त जिल्ला वनाउने बिशेष अयिानको रुपमा अबैध हातहतियार संकलन गर्न सुरु गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले बताउनुभयो ।
0 comments for "धादिङलाई अवैध हतियार मुक्त बनाइने"
Leave a reply