Posted by Omn-Nepal on Saturday, February 16, 2013 | 0 comments


" style="text-align: left;" trbidi="on">
खुल्ला दौडको उपाधि धनबहादुरले जिते धादिङ, फागुन ५ –‘गन्तव्य खेलकुदलाई सबैको वनाऔं प्रतिभाको पहिचान र संरक्षण गरौं’ भन्ने नाराका साथ धादिङ भएको जिल्ला स्तरिय प्रथम खुल्ला दौड प्रतियोगिताको उपाधि नौविसेका धनवहादुर गुरुङले जितेका छन् । धादिङको ससाह देखि धादिङबेशी शितलवजारसम्म पाँच किलोमिटर दूरी १५ मिनेट २३ सेकेण्डमा पूरा गरेर धनवहादुरले ५ हजार रुपैयाँ जितेका हुन् । त्यसैगरी निर्धारित दूरी १६ मिनेटमा पार गरेर महावीर भुजेल दोश्रो र १६ मिनेट ९ सेकेण्डमा दूरी पार गर्दै देवबहादुर राक्ष तेश्रो भएका छन् । दोश्रो हुनेले तीन हजार र तेश्रो हुनेले एक हजार रुपैयाँ जितेका छन् । प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल खेलकुद महासंघ धादिङले शनिवार खुल्ला दौडको आयोजना गरेको हो । खुल्ला दौडको उपाधि धनबहादुरले जिते

0 comments for " "

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु