सुवाषको उपचारमा सहयोग जुट्न थाल्यो
Posted by Omn-Nepal on Tuesday, February 12, 2013 | 0 comments
केशव अधिकारी धादिङबेसी,१ फागुन / घरवाट बिद्यालय जांदै गर्दा बाटोमा लडेर होस गुमाएपछि अर्ध चेत हुन पुगेका धादिङ सल्यानटारका ७ बषिर्य सुवाष कुमालको उपचारमा सहयोग जुट्न थालेको छ । धादिङको उत्तरी भेगमा पर्ने सल्यानटार गाविसको वडा नम्बर २ पिपलगाउंका सात बषिर्य सुवाष पुस २५ गते घरवाट बिद्यालय जांदै गर्दा वाटोमा लडेर वेहोस भएकोमा अहिले सम्म उनी अर्ध चेत अवस्थामा रहेका छन । सुवाषको उपचारका लागि खर्च जुटाउन उनका अभिभा
वकले भोग्नु परेको सकसका वारेमा खवरवाहिर आएपछि उनको उपचारका लागि सहयोग गर्न नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले समेत चासो देखाएका छन । मुख्य सचिव पौडेलले धादिङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेललाई मंगलवार विहान टेलिफोन गरी विरामी वालकको वारेमा तत्काल बुझेर जानकारी पर्ठाईदिन मौखिक निर्देशन दिएलगत्तै सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको नेत्तृत्वमा एक टोली विरामीलाई भेट्न पुगेको जिल्ला वालकल्याण समितिका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी खरेलले वताए । जिल्ला वालकल्याण समितिवाट १० हजार, जिल्ला विकास समितिवाट १० हजार र जिल्ला स्वास्थ्य कार्यालयवाट एक हजार गरी जम्मा २१ हजार नगद मंगलवार विरामीका आमा ललितालाई उपलव्ध गर्राईएको छ । । विरामीको निःशुल्क उपचारको व्यवस्था गरिदिन त्रिवि शिक्षण अस्पताललाई आग्रह गरिएको पत्र पनि विरामीका आमा ललितालाई दिईएको छ । सुवाषको उपचारका लागि उनको परिवारले ऋण खोजेर अहिले सम्म एक लाख ७० हजार रुपैया खर्च गरिसकेको छ । सम्पत्तिको नाममा दुई रोपनी पाखोवारी मात्र रहेको कुमाल परिवारको आर्थिक अवस्था ज्यादै कमजोर रहेको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय धादिङले उनको उपचार भईरहेको त्रिवी शिक्षण अस्पताल काठमाण्डौलाई पत्र लेखि निःशुल्क उपचारको व्यवस्था मिलाईदिन आग्रह गरेका छन । उपचारमा संलग्न भएका चिकित्सकहरुले लड्दा सुवासको टाउको ढुङगामा वजारींदा उनको टाउकोको तीन वटा नसा चुंडिएर समस्या भएको वताएको सुवासकी आमा ललिताले वताईन । सात बषिर्य सुवासका दर्ुइ दाजु पनि छन ।
0 comments for "सुवाषको उपचारमा सहयोग जुट्न थाल्यो"
Leave a reply