धादिङमा एडीएसएलमा समस्या

Posted by Omn-Nepal on Monday, January 7, 2013 | 0 comments


नेपाल टेलिकमको एडीएसएलमा समस्याले हैरान भएपछि पत्रकारहरुले टेलिकम प्रमुखलाई नै भेटेका छन्। धादिङका पत्रकारहरुले टेलिकमको इन्टरनेट कामै नलाग्ने भएको भन्दै समस्या समाधानका लागि टेलिकम धादिङका प्रमुख सीताराम सुवेदीलाई नै भेटेर आग्रह गरेका हुन्। लामो समय देखी धादिङको सदरमुकाम र अन्य क्षेत्रमा टेलिकमको इन्टरनेटको स्पीड सुस्तो भएको थियो। उपभोक्ताले शुल्क तिर्दा भनेको भन्दा निक्कै कम स्पीडको इन्टरनेट सेवा पाउँदा हैरान भएका छन्। सबै भन्दा बढि मार भने दैनिक समाचार र तस्विर पठाउनुपर्ने पत्रकारलाई भएकाले उनीहरुले टेलिकम प्रमुखलाई नै भेटेर तत्काल सेवा सुधार गर्न आग्रह गरेको पत्रकारले बताए। नेपाल पत्रकार महासंघ धादिङ शाखाका उपाध्यक्ष नवराज छत्कुलीको नेतृत्वमा गएको पत्रकारको टोलीले तस्विर र भिडियो नभइ सामान्य साना आकारका फाइल समेत इमेलमा एट्याच नहुने समस्या देखिएको गुनासो गरेका थिए। धादिङमा टेलिकमको एडिडिएसएल इन्टरनेट सेवा लिने दुईसय भन्दा बढी ग्राहक छन्। टेलिकमले १२८ केबीपीएसको इन्टरनेटका लागि मासिक एक हजार १७ र २५६ केबीपीएसको क्षमताको इन्टरनेटका लागि एक हजार सात सय रुपैया शुल्क लिंदै आएको छ।

0 comments for "धादिङमा एडीएसएलमा समस्या"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु