‘बा, हजुरबा, मामा र दाजुबाट वलात्कृत हुनु पर्‍यो’

Posted by Omn-Nepal on Monday, January 7, 2013 | 0 comments


धादिङ, पुस २३ - ‘प्रधानमन्त्री ज्यु हामी आफ्नै घरमा आफ्ना अभिभावकहरुवाट बलत्कृत हुनु परेको छ । जिउंदै जलाईनु परेको छ । हामीलाई घरभित्रैवाट असुरक्षा बढ्यो । दिनमा मात्रै होइन राती सुत्दा पनि डराईडराई सुत्नु परेको छ । यस्तो अवस्था कहिले सम्म कायम हुन्छ हामीलाई केही वताईदिनुस ।’ स–साना वालवालिकाको यस्तै अभिव्यक्ति प्रस्तुत भएको ज्ञापन पत्र प्रधानमन्त्री वाबु्राम भट्टराईसम्म पठाईदिन भन्दै धादिङ जिल्लाका वालवालिकाले प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेललाई बुझाएका छन । उनीहरुले पठाएको ज्ञापन पत्रमा लेखिएको छ ‘हामी अव घरभित्रै मारिने भयौं । घर वाहिरै मारिने भयौं । कोपिला अवस्थामा फक्रन नपाउंदै मारिन थाल्यौं । हामीलाई शान्ति र सुरक्षा दिनुपर्‍यो ।’ धादिङको मैदी गाविस वडा नम्बर ९ छापथोकका ६५ बर्षिय हजुरवुवा नाता पर्ने साने सार्कीले आठ आठ बर्षिया वालिकालाई बलत्कार गरेको घटनाले आंफुहरु पनि असुरक्षित भएको भन्दै वालवालिकाले ज्ञापन पत्र र आ–आफ्नो सिर्जना प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष पठाएका हुन । वालवालिकाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रभानमन्त्री समक्ष पठाएको पत्रमा लेखिएको छ ‘आदरणीय प्रधानमन्त्री ज्यू नमस्कार प्रधानमन्त्री ज्यु आज भोली हामी एकदमै डर त्रासमा वाँचिरहेका छौं ।’ ‘हामी घर भित्र र वाहिर कहि पनि सुरक्षाको महसुस गर्न सकिरहेका छैनौं । हाम्रो हाँस्ने खेल्ने र पढ्ने यो समयमा हामीले हाँस्न विर्सिसकेका छौं । हाम्रो सपनामा समेत हामी कति वेला वलत्कृत हुन्छौं, कति खेर मारिन्छौं भनेर आतिने गरेका छौं । यस्तो परिवेशमा हामीले कसरि पढ्न सक्छछौं ? कसरी हाम्रो विकास गर्न सक्छौं ?’ उनीहरुको ज्ञापन पत्रमा लेखिएको छ ‘हामी आफ्नै वाबु, आफ्नै हजुरबाबु, आफ्नै मामा र दाजु बाट वलात्कृत हुनुपरेपछि हामीले कसको विश्वास गर्ने ? हामीलाई हाम्रै परिवारले जिउँदै जलाएर मारिरहेका छन् । के हामीले वाँच्न पाउँदैनौं ?’ ‘हामीले हजुरलाई पठाएको उपहारमा जस्तै हामीलाई अहिले कोपिलामै निमोठिएको छ । कोपिलामै निमोठिएपछि हामी फुल्न सक्दैनौं । यहि अवस्था हो भने भोली तपाईको फुलबारी उजाड र मरभुमी हुनेछ । त्यत्तिवेला यहाँले चाहेर पनि त्यसलाई हराभरा वनाउन सक्नु हुनेछैन । त्यसैले प्रधानमन्त्रि ज्यु जतिसक्दो चाँढो यी कोपिलाहरुलाई निमोठिन नदिनु । यिनीहरुलाई फर्कने र फुल्ने वातावरण सृजना गर्नुहोस् , हाम्रो अस्मिताको रक्षा गर्नुहोस् । हामी सुरक्षित भएर हाम्रो विकास गर्न चाहान्छौं । हामीलाई यो कहालीलाग्दो वातावरणबाट वाहिर निकाल्नुहोस् । आज हामी सुरक्षित भयौ भने मात्र हाम्रो भविष्य सुरक्षित हुन्छ । हामी वाँच्न चाहान्छौं । हामीलाई वाँच्न दिनुहोस् । आशा छ हाम्रो कुरालाई हजुरले गम्भिरतापूर्वक लिनुहुनेछ र सोच्नुहुनेछ । तत्काल यहाँले ठोसकुनै कदम चाल्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं ।’ लेखिएको पत्रको अन्तिममा लेखिएको छ ‘उही हजुरका छोरीहरु धादिङ ।’ वालिकालाई बलत्कार गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाही थाल्न पनि वालवालिकाले धादिङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेललाई आग्रह गरेका छन । यस अघि वालवालिका र किशोरीहरुको आह्वानमा धादिङबेसी पुछारवजारवाट निकालिएको र्‍याली सदरमुकाम परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर वालवालिकाले विभिन्न किसिमका सिर्जना गरेका थिए । शुक्रवार बेलुकी नातिनी नाता पर्ने वालिकालाई बलात्कार गरेर फरार रहेका साने सार्की अझै पनि पक्राउ नपरेको भन्दै धादिङका महिलाअधिकारकर्मीहरु विरोधमा उत्रिएका छन ।

0 comments for "‘बा, हजुरबा, मामा र दाजुबाट वलात्कृत हुनु पर्‍यो’"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु