भर्खर जन्मिएको बच्चाको तौल ५ किलो

Posted by Omn-Nepal on Thursday, January 10, 2013 | 0 comments


धादिङ, पुस २६ - दक्षिणी धादिङको महादेवस्थान उपस्वास्थ्य चौकिको वर्थिङ सेन्टरमा विहीवार ५ किलो तौल भएको बच्चा जन्मिएको छ । महादेवस्थान गाविस वडा नम्वर २ सिम्थलीकी २० बर्षिया बिनिता गुरुङले बिहीवार विहान ५ किलोग्राम तौल भएको बच्चालाई जन्म दिएको महादेवस्थान स्वास्थ्य चौकीले जनाएको छ । नवजात शिशु र आमा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको स्वास्थ्य चौकी प्रमुख ऋषेश्वर तिमिल्सिनाले वताउनुभयो । सामान्यता भर्खर जन्मिएको बच्चाको तौल दुई किलो ५ सय ग्राम हुने गर्छ । तर धादिङमै पहिलो पटक ५ केजी तौल भएको बच्चा जन्मिएको भन्दै स्वास्थ्यकर्मीहरुले आश्चर्य जनाएका छन् । विश्व स्वास्थ्य संगठनले दक्षिण एशियाली क्षेत्रमा जन्मने स्वस्थ बच्चाको औसत तौल २ किलो ८ सय ग्राम हुने जनाएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार सन् १९३९ मा अमेरिकाको इफिघंम आइएलमा एक महिलालो १३ किलो ३ सय ३६ ग्रामको बच्चा जन्माएकी थिईन् तर त्यो बच्चाको जन्मिएको २ घण्टामा नै मृत्यु भएको थियो ।

0 comments for "भर्खर जन्मिएको बच्चाको तौल ५ किलो"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु