आठ बर्षिया वालिकामाथि वलात्कार

Posted by Omn-Nepal on Saturday, January 5, 2013 | 0 comments


धादिङ, पुस २१ - देशैभरी महिला हिंसा, वलात्कार लगायतका घटना बढेको भन्दै देशैभरीका महिलाहरु आन्दोलित भईरहेको बेला धादिङको मैदीमा एक आठ बर्षिया एक वालिकामाथि बलात्कार भएको छ । बालिका माथि बलत्कार गरेको आरोप लागेका मैदी गाविसको वडा नम्बर ९ छापथोकका ६५ बर्षिय साने सार्की फरार रहेका छन । शुक्रवार बेलुकी आफ्नै घरमा वसिरहेकी वालिकालाई सानेले बलात्कार गरेको बालिकाका आफन्तले बताएका छन् । वालिका रुंदै चिच्याउन थालेपछि घरका अन्य सदस्य वालिका भएको ठाउंमा पुग्दा साने त्यहांवाट भागेका परिवारको भनाई छ । सार्की फरार रहेकाले उनको खोजी कार्य भईरहेको र पीडित वालिकाको जिल्ला अस्पताल धादिङमा स्वास्थ्य परिक्षण गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

0 comments for "आठ बर्षिया वालिकामाथि वलात्कार"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु