बलात्कारका आरोपी तीन बर्ष पछि पक्राउ
Posted by Omn-Nepal on Monday, January 14, 2013 | 0 comments
धादिङ, माघ १ - चार बर्ष अघि बहिनी नाता पर्ने ८ बर्षिया वालिका बलात्कार गरेर फरार रहेका धादिङ नौविसेका एक युवक पक्राउ परेका छन । धादिङ नौविसे गाविस वडा नम्बर ४ बस्ने निरज भन्ने माईला राई पक्राउ परेका प्रहरीले जनाएको छ । राई लगायतवाट २०६६ माघ १० गते रातीको समयमा नौविसे गाविस वडा नम्बर ५ बस्ने एक बालिका बलात्कृत भएको प्रहरीको भनाई छ । बलात्कारपछि उनी फरार थिए । पक्राउ परेकालाई पुस २८ गते नौविसे इलाका प्रहरी कार्यालयवाट खटिएको टोलीले पक्राउ गरी जिल्ला अदालत पेश गरेकोमा अदालतको आदेशवाट पुर्पक्षको लागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । केही दिन यता धादिङका महिलाअधिकारकर्मीहरुले जिल्लामा भएका वलत्कार र महिला हिंसाका आरोपी माथि कारवाही नभएको भन्दै आक्रोशित बन्दै विभिन्न चरणका आन्दोलन गर्दै आईरहेका छन । दुई हप्ताअघि जिल्लाकै मैदी गाविसका ६५ बर्षिय साने सार्की नातीनी नाता पर्ने आठ बर्षिया वालिका बलत्कार गरेर फरार रहेका छन । यसैगरी एक हप्ता अघि नौविसे गाविसकै वडा नम्बर ४ का अर्का एक युवक भने ९ बर्षिया वालिका वलत्कार गरेर भागेकोमा घटना भएको तीन दिन पछि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय धादिङको तथ्याङ्क अनुसार २०१२ मा ८ जना महिलाहरुमाथि वलात्कार भएको छ । भने ८ महिनाको अवधीमा नेपालमा ८८ जना महिलाहरुको हत्या भएको तथ्याङ्कले देखाएको छ । एक महिना अघि हत्या गरिएकी धादिङ आगिञ्चोककी पम्फा उपाध्याय, काठमाडौंमा डेरा गरी बस्दै आएकी धादिङ थाक्रे गाविसकी सरस्वती सुवेदी र एक हप्ताअघि हत्या गरिएकी धादिङ गुम्दीकी मायाँ गुरुङको हत्यामा संलग्न भएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही गर्न नसकेको महिला अधिकारकर्मीहरुको आरोप छ ।
0 comments for "बलात्कारका आरोपी तीन बर्ष पछि पक्राउ"
Leave a reply