जनस्वास्थ्यमा खेलबाड गर्ने केएफसी प्रशासनको फन्दामा रेस्टुरेन्टले आयात गरेको मासुमा बर्डफ्ल्यूको आशंका

Posted by Omn-Nepal on Sunday, December 16, 2012 | 0 comments


धादिङ, पुस १–जनस्वास्थ्यमा गम्भीर खेलबाड गर्दै आएको राजधानीको केएफसी रेस्टुरेन्ट प्रशासनको फन्दामा परेको छ । रेस्टुरेन्टले विदेशबाट प्रतिबन्धित कुखुरा आयात गर्दै आएको खुलासा भएपछि प्रशासनले अनुसन्धान सुरु गरेको हो । धादिङका किसानले शनिबार नियन्त्रणमा लिएको दुई कन्टेनर कुखुराको मासुलाई प्रारम्भिक परीक्षण गर्दा कम गुणस्तरको भेटिएको थियो ।
नेपाल कुखुरा उत्पादनमा आत्मनिर्भर भैसकेको अवस्थामा पनि केएफसीले विदेशबाट कुखुरा आयात गर्ने क्रम नरोकेकोमा आक्रोश पोख्दै किसानले नियन्त्रणमा लिएका थिए । तीनवर्ष अघिदेखि व्यवसाय गर्दै आएको केएफ्सीले नेपालमा उत्पादित कुखुराले अन्तराष्ट्रिय मापडण्ड पुरा नगरेको भन्दै विदेशबाट आयात गर्दै आएको छ । विज्ञहरुकले भने नेपालमा उत्पादित कुखुराले सबैखाले मापडण्ड पुरा गरेको स्पष्ट पारेका छन् । किसानको नियन्त्रणपछि रेस्टुरेण्टको विस्वसनियता माथि नै प्रश्न चिन्ह खडा भएको छ । नियन्त्रणमा लिएको मासु गुणस्तरहीन भएको संचारमाध्यमबाट सार्वजनिक भएपछि केन्द्रीय पशु क्वारेन्टाइन कार्यालयबाट पुगेको टोलीले मासुको प्रारम्भिक परीक्षण गरेको थियो । प्रारम्भिक परीक्षण पछि टोलीले मासु गुणस्तरहीन भएको निश्कर्ष निकालेको छ भने थप अनुसन्धानको लागि मासुको नमुना संकलन गरी परीक्षणको लागि प्रयोगसाला पठाएको छ । टोलीले मासुमा बर्डफ्ल्यूको आशंका समेत गरेको छ । बर्डफ्ल्यूको औपचारिक पुष्टि भने परीक्षण पछि हुने अधिकारीहरुले जनाएका छन् । नियन्त्रित कन्टेनरको मासु खोलेर हेर्दा कुहिएर डुङडुङ गन्हाएको पाइएको थियो । ‘कन्टेनर खोल्ने वित्तिकै गन्हाएर बमिट आउला जस्तै भयो’ एक किसानले ग्रेटवेअनलाइनसँग भने, ‘यस्तो मासुले उपभोक्तालाई कस्तो असर पु-याउला ?’ उनले प्रश्न गरे । गुणस्तरहीन मासुलाई किसानहरुले नष्ट गरेका छन् । यसो त, केएफसीको ‘कालो धन्दा’ को कर्तुत पहिलो भने होइन । यसअघि पनि जनस्वास्थ्यलाई प्रतिकुल असर गर्ने जघन्य अपराध केएफसीले गरेको सार्वजनिक भइसकेको छ । केही पहिले वाणिज्य विभागले गरेको अनुगमनमो किचन फोहोर पाइनुको साथै मिति गुज्रेका र गुणस्तरहीन खाद्यपदार्थ पाइएको थियो । रेष्टुरेन्टले उपभोक्ताको स्वास्थ्यप्रति चरम लापरबाही गर्ने गरेको त्यहाँका एक कर्मचारीले समेत बताए । नाम उल्लेख गर्न नचाहेका उनले गुणस्तरप्रति व्यावस्थापनलाई पटक–पटक सचेत गराउँदा पनि चासो नदेखाएको बताए । अन्तराष्ट्रिय ब्राण्ड भन्दै नेपालमा यसले तल्लो स्तरको सेवा दिइरहेको उनले बताए । धादिङका किसानले शनिबार नियन्त्रणमा लिएको दुइ कन्टेनरमा कुहीएको मासु भेटिएको थियो ।

0 comments for "जनस्वास्थ्यमा खेलबाड गर्ने केएफसी प्रशासनको फन्दामा रेस्टुरेन्टले आयात गरेको मासुमा बर्डफ्ल्यूको आशंका"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु