धादिङको धार्के बजारका कुखुरामा बर्डफ्लु

Posted by Omn-Nepal on Thursday, December 20, 2012 | 0 comments



धादिङ, ५ पुस । धादिङ जिल्लाको नौविसे १ धार्के बजारमा कुखुरामा बर्डफ्लु भेटिएको छ । धार्के बजारमा रहेको लक्ष्मी पोख्रेलको र्फममा मरेको कुखुरामा बर्डफ्लु भेटिएको हो । खोरमा दिनदिनै कुखुरा मर्न थालेपछी केही दिन अगाडी पोखरेलको खोरबाट कुखुरा रोग परिक्षणको लागी केन्द्रिय पशु प्रयोगशालामा लगिएको थियो ।
    प्रयोगशलाबाट र जिल्ला पशुसेवा कार्यलयबाट आएको प्राविधिकहरुको टोलीले बुधवार खोरको निरिक्षण गरी मरेका कुखुराहरुलाई नजिकैको खोला किनारमा खाडल खनि पुरेको थिायो । टोलीले आएर कुखुरा पर्ुन थालेपछी किसानहरुले बुझ्नखोज्दा टोलीले केहि बताउन चाहेको थिएन । बुधवार केन्द्रिय टोलीले बर्ड फ्लुका वारेमा केहि नताएपनि बिहीवार विहान केन्द्रवाट आएको अर्को टोल्लिे धार्केलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गर्दै पोखरेलको खोरमा औषधी छरेको थियो ।
    बुधवार सञ्चारकर्मीको सर्म्पर्कमा आउज नमानेका जिल्ला पशुसेवा कार्यलय धादिङका प्रमुख देवेन्द्र भगतले बिहीवार पोखरेलको र्फममा रहेको कुखुरामा बर्डफ्लु भेटिएको पुष्टी गरेका थिए । साथै उनले अन्य कुखुरा पालक किसानलाई पनि सचेत रहन आग्रह गरेका छन । जिल्ला पशुसेवा कार्यलयले अन्य र्फम हरुमा निगरानी बढाउने भगतले वताए ।  धादिङ जिल्लामा करिव ६ करोडको लागानीमा १ लाख भन्दा बढि कुखुरा पालिदै आएको बताईएको छ । धादिङ जिल्ल्ााको विभिन्न्ा स्थानमा उत्ापदन हुने कुखुराको मूखय वजार काठमाण्डौ हो ।
    पोखरेलको र्फममा रहको ३ हजार कुखुरा पाल्न थालेको ३८ देखि ४४ दिन भित्रमा मरेर सकिएको बताईएको छ । मंसिर २८ गतेदेखि फर्मको कुखुरा मर्न थालेकाले कुखुराबाट लिएको नमुना केन्द्रीय पशु रोग अन्वेषण त्रिपुरेश्वरको प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु रोग लागेको पुष्टि भएको हो ।

बर्डफ्लु रोग पुष्टि भएपछि वुधवार बिहान जिल्ला पशुसेवा कार्यालयमा बर्डफ्लु प्राविधिक समितिका अध्यक्ष प्रजिअ बेदप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले लक्ष्मी पोखरेलको फर्मदेखि पूर्वतर्फ राजु रेग्मीको खाली जग्गासम्म, पश्चिमतर्फ राजु रेग्मीको घरसम्म, उत्तरतर्फ कृष्ण अधिकारीको घर र निजकै खाली जग्गासम्म तथा दक्षिणतर्फ पूर्व–पश्चिम जाने कच्ची बाटोसम्मको क्षेत्रलाई रोग सङ्क्रमित क्षेत्र घोषित गरी अन्यत्र रोग फैलिन नदिनका लागि उक्त चार किल्लाभित्रको पक्षी तथा पक्षीजन्य पदार्थ नष्ट गर्ने निर्णय गरेको छ ।

बर्डफ्लु नियन्त्रण गर्ने सम्बन्धमा तत्काल गर्नुपर्ने सबै कार्य जिल्ला पशुसेवा कार्यालय धादिङले गर्ने र त्यसका लागि आवश्यक पर्ने सहयोगका निम्ति राजनीतिक दल, कुखुरा व्यवसायी, उद्यमी, उपभोक्ता, सञ्चारकर्मी, नागरिक समाजलगायत सरोकारवाला र स्थानीय बासिन्दासँग आग्रहसमेत गरिएको छ ।

लक्ष्मी पोखरेलको फर्ममा रहेको तीन हजार कुखुरा सबै मरिसकेको र त्यसलाई सुरक्षित किसिमले खाल्डोमा पार्ने काम सकि सकिएको समितिका सदस्यसचिव एवम् वरिष्ठ पशु विकास अधिकृत देवेन्द्र भगतले बताउनुभयो ।

0 comments for "धादिङको धार्के बजारका कुखुरामा बर्डफ्लु"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु