विवादपछि धादिङ उद्योग वाणिज्य संघ फुट्यो
Posted by Omn-Nepal on Saturday, December 15, 2012 | 0 comments
धादिङ, मंसिर ३० – नयाँ व्यवसायीलाई सदस्य बन्न र पुराना व्यवसायीको सदस्यता नवीकरण गर्न नदिएको सम्बन्धि विवाद समाधान हुन नसक्दा धादिङ उद्योग वाणिज्य संघ आजदेखि औपचारिक रुपमा विभाजन भएको छ । स्थापनाको २१ बर्ष पछि संस्थापन पक्षको व्यवहार प्रति असहमति राख्दै अधिबेशनवाट वाहिरिएका झण्डै ४ सय सदस्यको समर्थनमा व्यवसायीले उद्योग वाणिज्य संघ धादिङ गठन गरेका हुन् । धादिङ उद्योग वाणिज्य संघको स्थापनादेखि निरन्तर व्यवसायमा सक्रिय रहंदै आएका १ सय १३ जना सदस्यको सदस्यता नवीकरण नगरि खारेज गरेपछि व्यवसायीको विवाद चुलिएको हो । विवाद उत्कर्षमा पुगेपछि शनिबार बिहान छुट्टाछुट्टै कार्यक्रम गरि अलग अलग कार्य समिति घोषणा गरिएको हो । नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, राजपा, नेकपा एकीकृत, नेकपा माले लगायत ६ दल सम्बद्ध झण्डै ४ सय व्यवसायीले कल्पना अधिकारीको अध्यक्षतामा उद्योग वाणिज्य संघ, धादिङको २७ सदस्यिय कार्यसमिति सार्वजनिक गरेको हो । उपाध्यक्षमा शेषकान्त कंडेल र प्रविणकुमार श्रेष्ठ, महासचिवमा लोकनाथ डल्लाकोटी, सचिवमा बिष्णुप्रसाद थपलिया र कोषाध्यक्षमा बिश्वराम दुवाडी छन । भेलाले ६ बुंदे घोषणा पत्र पनि जारी गरेको छ । धादिङ उद्योग वाणिज्य संघले राजनैतिक पुर्वाग्रहका आधारमा गैर ब्यवसायीक चरित्र देखाएपछि नयाँ समिति बनाउन बाध्य भएको असन्तुष्ट समुहको भनाई छ । संस्थापन पक्षले भने चन्द्रकान्त अधिकारीको अध्यक्षतामा ११ सदस्यिय नया कार्यसमिति निर्विरोध चयन भएको घोषणा गरेको छ ।
0 comments for "विवादपछि धादिङ उद्योग वाणिज्य संघ फुट्यो"
Leave a reply