वालिकाको जवरजस्ति विवाह गराउनेहरु प्रहरी नियन्त्रणमा

Posted by Omn-Nepal on Friday, November 23, 2012 | 0 comments



धादिङ, / उमेर नपुगेको वालिका होस या किशोरी जवरजस्ति घर भित्र्याएर सिन्दुर हालि दिएपछि श्रीमती हुने कुमाल समुदायको परम्परा बिरुद्ध कानूनी निगरानी बढ्न थालेको छ । कुमाल समुदायमा वालविबाह सामान्य मानिएपनि प्रचलित कानूनमा  वालविवाहलाई अपराध मानिएकाले  चौध बर्षिया वालिकाको जवरजस्ति वालविवाह गरेको आरोपमा धादिङ प्रहरीले वालिका विवाह गर्ने युवक सहित तीन जना कुमाललाई पक्राउ गरि थुनामा राखेर अनुसन्धान शुरु गरेको छ ।
    चितवन जिल्ला पिठुवा गाविस वडा नम्बर ९बस्दै आईरहेका श्यामबहादुर कुमालको १४ बर्षिया छोरी झुक्याएर विवाह गरिदिएको आरोपमा धादिङ जिल्लाको मैदी गाविस वडा नम्बर ९ का सुदिप कुमाल ,मिन बहादुर कुमाल र तिल बहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।
     मंसिर ६ गते  जिल्लाको मैदी– गाविस वडा नम्बर ९ बस्ने वर्ष ३० की कमला कुमालले सोहि ठाउं घर भई हाल चितवन जिल्ला पिठूवा – ९ बस्ने श्याम बहादुर कुमालको  १४ बर्षिया छोरी तुलसी कुमाललाई ललाई फकाई गरी मैदी गाविसकै वडा नम्बर ९ बस्ने  तिल बहादुर कुमालको छोरा १९ बर्षिय सुदिप कुमालसंग जवरजस्ति विवाह गरिदिएको भन्ने उजुरीका आधारमा उनिहरुलाई मैदी प्रहरीले तत्काल पक्राउ गरेको हो ।  वालविवाह गर्ने सुदिप कुमाल र ललाई फकाई वालविवाह गराउने मिनबहादुर  र तिलबहादुर कुमाल तत्काल पक्राउ परेपनि कमला भने फरार भएको प्रहरीले जनाएको छ । वालिकालाई घरायसी कामदारका रुपमा काममा लगाईदिने भन्दै चितवनबाट धादिङबेसी हुंदै मैदी पु¥याएर जवरजस्ति विवाह गराईदिएपछि बालिकाले उक्त विबाहमा आफ्नो सहमती नभएको भन्दै पिडकहरुलाई कारवाहीका लागि आग्रह गरेपछि प्रहरीमा उजुरी परेको एक स्थानीयले बताए ।
    पक्राउ परेकाहरुलहरु विरुद्ध वालविवाह मुद्दा दर्ता गरी  जिल्ला अदालतबाट ७ दिन म्याद थप गराई आवश्यक अनुसन्धान शुरु गरिएको र  अन्य फरार प्रतिवादीहरुको खोजतलास जारी रहेको बताईएको छ ।
    कुमाल समुदायको मात्र वसोवास रहेको मैदी गाविसको पिपलटारमा अहिले सम्म पनि उमेर नपुगेकी किशोरीलाई जवरजस्ति श्रीमती बनाउने चलन कायम रहेको भएपनि वालविबाहको आरोपमा पहिलो पटक कुमालहरु पक्राउ परेर अनुसन्धानका लागि थुनामा परेको स्थानीयले वताएका छन । केहि बर्ष अघि सम्म पिपलटारमा कुनै पनि पुरुषले गोठालो जांदा होस या घांस पात गर्न जांदा समेत जबरजस्ति घिसार्दै आफ्नो घर भित्र्याएर श्रीमती बनाउने गरेकोमा पछिल्लो समयमा सामाजिक जागरण बढेपछि यहांका किशोरीहरु जागरुक हुन थालेको स्थानीयले बताए ।

0 comments for "वालिकाको जवरजस्ति विवाह गराउनेहरु प्रहरी नियन्त्रणमा"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु