बजेटलाई राजनीतिक हतियार बनाउन खोजे : प्रधानमन्त्री

Posted by Omn-Nepal on Monday, November 12, 2012 | 0 comments


२७ कात्तिक, बुटवल । प्रधानमन्त्री डा बाबुराम भट्टराईले बजेटलाई राजनीतिक हतियार नवनाउन विपक्षी दलहरुलाई आग्रह गर्नु भएको छ । बजेट जनताका दैनिक कामकाजसंग जोडिएको विषय भएकाले बजेटमा राजनीति नगर्न प्रधानमन्त्री भट्टराईले विपक्षी दलहरुलाई आग्रह गर्नु भएको हो ।
 सोमवार बिहान रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाई आयोजना अन्तरगत निर्माण हुने ओभरहेड टंकीको शिलान्याश गर्दै प्रधानमन्त्रीले सहमतिमै बजेट ल्याउन दलहरुसंगको छलफललाई सरकार र आफ्नो पार्टी एकीकृत माओवादीले पहल गरिरहेको भएपनि विपक्षी दलकै कारण बजेटका विषयमा छलफल हुन नसकेको वताउनुभयो । उहाँले भन्नुभयो,’सरकार सहमतिमै पूर्ण बजेट ल्याउने पक्षमा छ । तर विपक्षी दलहरुले बजेटलाई नै राजनीतिक हतियार वनाउँदा सहमति जुट्न सकिरहेको छैन ।’
 उहाँले विपक्षीहरुले बजेटलाई राजनीतिक हतियार वनाएर मुलुकको आर्थिक गतिविधी ठप्प पार्न खोजेको आरोप लगाउनुभयो । उहाँले आफ्नो पार्टी र सरकार राजनीतिक सहमतिका लागि हदैसम्म लचिलो भएको वताउनुभयो ।
भट्टराईले सरकारले दलहरुवीच सहमति नजुटेपनि पूर्ण बजेट ल्याएरै छाड्ने दृढता ब्यक्त गर्नु भयो । उहाँले बजेट नआउँदा मुलुकले ठूलो आर्थिक संकट व्यहोर्नु पर्ने भएकाले पनि बजेट बजेट ल्याउनु सरकारको बाध्यता भएको वताउनुभयो । उहाँले बजेट नआउँदा मुलुकमा आइपर्ने सम्पूर्ण समस्याको जिम्मेवारी कांग्रेस, एमाले लगायत १८ दल र राष्ट्रपति स्वयंले लिनुपर्ने वताउनुभयो । बजेट पारित नभए आर्थिक संकट निम्तने बताउँदै एमाओवादीका उपाध्यक्ष समेत रहेका भट्राईले सहमतिका आधारमा अगाडी नवढे पुन लोकतन्त्र विरोधी शक्तिले फाइदा लिने हुदाँ खवरदारी गर्न कार्यकर्तालाई निर्देशन दिनु भयो ।
प्रधानमन्त्री भट्टराई हरेक महिनाकेा शनिवार एक दिन जनताको घरमा बाँस बस्ने कार्यक्रम अन्र्तगत आइतवार कपिलवस्तुको चनही-१, स्थित सशस्त्र द्वन्दकालमा वेपक्ता भएका मुस्तफा दर्जीको घरमा पुग्नु भएकेा हो । प्रधानमन्त्रीले हिजो दर्जीकै घरमा रात विताउनु भएको थियो ।

0 comments for "बजेटलाई राजनीतिक हतियार बनाउन खोजे : प्रधानमन्त्री"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु