चोरीको पल्सर मोटरसाइकल प्रहरी नियन्त्रणमा
Posted by Omn-Nepal on Sunday, November 11, 2012 | 0 comments
धादिङ / महादेववेशी अस्थायी प्रहरी पोष्टले बेवारिसे अवस्थामा फेला पारेको १ थान चोरी मोटरसाइकल नियन्त्रण लिएको छ। गत कात्तिक २० गते महादेववेसी बजारबाट नक्कली नम्बर राखेर चलाउँदै आएको बा ३८ प ६२५१ नम्बरको २०० सिसिको कालो पल्सर मोटरसाइकल फेला परेको महादेवबेसी अस्थाई प्रहरी पोष्टका प्रमुख प्रहरी नायव निरीक्षक सुनिल थापाले जानकारी दिनु भयो ।
बेवारिसे अवस्थामा फेला परेको मोटरसाइकलको धनी खोज्न नआएपछि चोरीको आशंकामा ट्राफिक प्रहरीको चोरी शाखामा बुझ्दा चोरीकै भएको पत्ता लागेको प्रनानि थापाले बताउनु भयो । ट्राफिक प्रहरीको चोरी शाखामा इञ्जिन र च्याचिस नम्बर चेक गरी बुझ्दा सो मोटरसाइकल साङ्ला-५ निवासी जितेन्द्र बुढाथोकीको नाममा रहेको र मोटरसाइकलको सक्कली नम्बर बा ३३ प २९८३ भएको पत्ता लागेको छ। २०६७ पुस १५ गते काठमाण्डौको मनमैजुबाट हराएको सो मोटरसाइकलका धनी पत्ता लगाएर जिम्मा लगाउने तयारी साथ जिल्ला प्रहरी कार्यालय धादिङमा पठाइएको प्रनानि थापाले बताउनु भएको छ ।

धादिङको राजमार्ग आसपास र गाउँहरुमा चोरीको मोटरसाइकल व्यापक रुपमा प्रयोग भएको पाइएको छ। काठमाण्डौबाट हराउने मोटरसाइकल सस्तो मुम्लयमा खरिद गरि नम्बर परिवर्तन गरेर ग्रामीण भेगका युवाहरु र दलका युवा कार्यकर्ता चढ्ने गरेको जानकारी आएको प्रहरीले जनाएको छ। चोरीका मोटरसाइकलको निगरानी राखी क्रमिक रुपमा नियन्त्रण गर्दै जाने र कानुन विपरित जाने जो कसैलाई नछाड्ने प्रनानि थापा बताउनु हुन्छ ।
0 comments for "चोरीको पल्सर मोटरसाइकल प्रहरी नियन्त्रणमा"
Leave a reply