Posted by Omn-Nepal on Monday, April 29, 2019 | 0 comments


धादिङ ।राजनिति र पदिय जिम्मेवारीलाई भन्दा प्राकृतिक श्रोत दोहन सम्वन्धी उद्योग व्यवसायलाई उच्च प्राथमिकता दिंदै पटक पटक बिवादमा मुछिंदै आएका धादिङको गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि  फेरी एक पटक अर्को विवादमा मुछिएका छन ।
धादिङ नुवाकोटका विभिन्न स्थानमा वालुवा तथा ढुंगा खानी क्रसर लगायत एक दर्जन भन्दा बढि उद्योगका संचालक रहेका अध्यक्ष श्रेष्ठले पदको चरम दुरुपयोग गर्दै आएको आरोप लाग्दै आएपनि उनको गलत कार्य रोकिन सकेको छैन ।  नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का जिल्ला सदस्य समेत रहेका श्रेष्ठ तत्कालिन नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन ।
श्रेष्ठको अवैध धन्दाको पार्टी भित्र विरोध भएपनि शक्तिको आडमा श्रेष्ठले एक पछि अर्को अबैध कार्यमा हात हाल्न छाडेका छैनन । गलत कार्यको विरोध गर्ने नेता कार्यकर्ता बिरुद्ध हरेक हथकण्डा अपनाउन सिपालु रहेका श्रेष्ठबाट स्थानीय कार्यकर्ता मात्रै जिल्ला र केन्द्रिय तहका पार्टी नेताहरु समेत आजित भईसकेका छन ।  धादिङको गल्छी गाउँपालिका ७ मा गाँउपालिका अध्यक्षकै छोराले खानी विभागलाई झुक्याएर ढुंगा खानी सुरु गरेका छन् । गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठका छोरा दिलिप श्रेष्ठले खानी विभागमा बान्द्रे ढुंगा खानी दर्ता गराएका छन् । यही उद्योगले गल्छी ७ भाल्टार स्थित जंगलको बिचमा ढुंगा उत्खनन् सुरु गरिसकेको छ ।खाल्टेखोला सामूदायीक वन भित्र खानी सञ्चालन गर्न तत्कालीन जिल्ला वन कार्यालयबाट स्विकृति लिएको छ, भने खानी विभागमा दर्ता भएको छ । तर खानी विभाग मा दर्ता हूँदा गलत प्रतिवेदन पेश गरेर स्विकृति लिएको पाइएको छ ।
खानी विभागमा खानी सञ्चालन हुने जंगलमा ४ वटा मात्रै भलाएका रुख रहेको भनि पेश गरिएको छ ।तर खानी सञ्चालन भैरहेको छ । यहाँ ठूलो संख्यामा सालका रुखहरु छन् । स्थानीयका अनुसार अहिलेसम्म खानीले १ सय भन्दा बढी सालका रुख फँडानी ग रेर ढुङगा निकालीसकेको छ ।साथै खानी सञ्चालनमा आएसँगै करीब ३ सय परिवारले प्रयोग गर्दै आएको खानेपानीको पाइप र करीब २ हजार रोपनी जमिनका लागि सिंचाई हुने कुलो जोखिममा परेको छ ।गल्छी गाँउपालिका ७ का वडा अध्यक्ष हरी प्रसाद खति वडाले खानी सञ्चालनमा आएसँगै ठुलो प्राकृतिक विनाश तथा खानेपानी, सिंचाई र जंगल जोखिममा पर्ने भएकाले आँफूले खानी सञ्चालनका लागि सिफारिस नदिएको बताउँछन् ।
तर स्थानीय निकायको निर्वाचनको अघि नै खानी दर्ता भएकाले अहिले आँफूले रोक्न नसकेको बताउँछन् ।अचम्मको कुरा त के छ भने २०७१ सालमा बालकृष्ण महर्जनको नाममा खानी दर्ता भएको थियो तर उक्त समयमा अहिलेका गाँउपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले नै खानी सञ्चालनमा रोक लगाएका थिए । तर श्रेष्ठनै गाँउपालिका अध्यक्ष निर्वाचित भएर आएपछि बालकृष्ण महर्जनको नामबाट अध्यक्ष श्रैष्ठका छोरा दिलिप श्रेष्ठको नाममा ल्याइएको छ । र खानी सञ्चालनमा आएको छ ।पहिले वन मासिने भनेर कृष्णहरी श्रेष्ठ ले नै अख्तियार दुरुपयोग अनुशन्धान आयोग तथा विभिन्न निकायमा उजुरी गरेर खानी सञ्चालनमा रोक लगाएका थिए ।
अहिले उनै छोराको नाममा खानी आएपछि उत्खनन् सुरु भएको छ । तर अहिले उनै श्रेष्ठले आफ्नै छोराले ढुंगा खानी सञ्चालन गरेको जानकारी नभएको तर्क गर्छन् ।यता गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडीले पनि खानी सञ्चालनका विषयमा अनविज्ञता जनाए । तर प्रमुख ऐडीले नै २०७५ फागुन १४ गते वडा कार्यालयलाई उतm खानीबाट राजश्व उठाउन भन्दै पत्रचार गरेका छन् । यसरी जनप्रतिनिधिले पावरको दुरुपयोग गर्दै विभागलाई गलत विवरण देखाएर खानी सञ्चालनमा ल्याएका छन् ।
त्यसो त श्रेष्ठ आंफै प्रोपाईटर रहेको केविएस कन्ट्रक्शन एण्ड सप्लायसै प्रा.लि.खानी विभागबाट धादिङ र नुवाकोट जिल्लामा वालुवा उत्खननको अनुमति पाएको उद्योग हो । धादिङ र नुवाकोट जिल्लाका कुनै पनि स्थानमा नयाँ वालुवा धुने उद्योग ( फिरफिरे) स्थापना गर्नु परेमा यहि कम्पनीबाट कच्चा पदार्थ उपलव्ध गराउने अनुमति अनिवार्य रुपमा लिनुपर्छ । जुन अनुमति दिएवापत कम्पनीलाई ३ लाख रुपैयाँ शुल्श तिर्नु पर्दछ ।
अध्यक्ष श्रेष्ठको लगानीमा नुवाकोटको तारुका नजिकै श्रीकृष्ण विशाल रोडा ढुंगा उद्योग, बिशाल रोडा ढुंगा उद्योग पनि सञ्चालनमा रहेको छ ।अध्यक्ष पदमा निर्वाचित भएपछि कानूनलाई छल्न श्रेष्ठले यि कम्पनीको जिम्मेवारी छोरा,वहिनी ज्वाई, भान्जा लगायतलाई प्रत्यायोजन गर्दै अबैध कमाई गरिरहेका छन । 

0 comments for " "

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु