Posted by Omn-Nepal on Monday, October 1, 2018 | 0 comments




रसीयन पेन्टर हुन् सर्गेइ मार्सनेनिकोव । उनी विश्वमा नै एक चर्चीत पेन्टरको रुपमा चिनिन्छन् । उनमा आफ्नो पेन्टिङमा कुनै पनि चिजको सजिव सुन्दरतालाई जस्ताको त्यस्तै उतार्न सक्ने खुबी छ ।


यहाँ उनले विश्वका बीस सुन्दर महिलाहरुको पेन्टिङ बनाएका छन् । उनले बनाएका २० पेन्टिङमा महिलाको पूर्ण सुन्दरताको आकर्षणलाई एकदमै न्याय गरेका छन् । उनले बनाएको पेन्टिङमा भौतिक आकर्षण मात्र नभएर भद्र र आध्यात्मिक सुन्दरतालाई पनि पेन्टिङमा उतारेका छन् ।

कलाकारले मात्रै महिलाको वास्तविक भावनालाई चित्रमा उतार्न सक्छ भन्ने कुरालाई उनले प्रमाणित गरिदिएका छन् । उनले बनाएका प्रत्येक तस्बिरले महिलाको वास्तविक क्षमता र सुन्दरतालाई प्रस्तुत गरेका छन् ।



उनले बनाएका यी तस्बिरमा कुनै परी नै फरक लोकबाट झरेर बीच समुन्द्रमा देखा परेको जस्तो महसुस हुन्छ ।उनले बनाएको कुनै तस्बिर हेर्दा लाग्छ, ती महिला अहिले नतमस्तक भएर चीर निद्रामा डुबीरहेकी छिन् र जनसुकै बेला पनि ब्युँझेर चुम्बनको माग गर्न सक्छिन् ।उनले बनाएका यि एकदमै मोहक तस्बिरले कुनै पनि पुरुषलाई नियन्त्रण गर्न गाह्रो हुन्छ र स्वर्गीय आनन्दका लागि अँगालोमा बाँधिने अपेक्षा राख्दछ ।एजेन्सीबाट





0 comments for " "

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु