आफैंले बनाएको गुफामा बास
Posted by Omn-Nepal on Thursday, June 25, 2015 | 0 comments

चीनका एक मानिसबारे अहिले चौतर्फी चर्चा छ । श्रीमतीसँग छोडपत्र गरेपछि गुफा बस्न सुरु गर्ने मानिस भन्दै उनीबारे विभिन्न सञ्चारमाध्यमले समाचार बनाएका छन् ।
जु वेन्यी नाम गरेका यी व्यक्तिले श्रीमतीसँग छोडपत्र भएपछि पहाडमा गुफा बनाएका थिए । ५७ वर्षीय उनी अहिले त्यही गुफामा एक्लै बस्ने गर्छन् ।
श्रीमतीसँग छोडपत्र गरेपछि यी व्यक्ति अन्यत्र कतैबाट चीनको हुनान प्रान्तस्थित जियांग्टन काउन्टी क्षेत्रमा पुगेका थिए । त्यहाँ रहेको एउटा पहाडलाई खोतलेर उनले गुफा बनाए, जसमा आफूले आरामदायी जीवन बिताइरहेको उनी बताउँछन् ।
‘पहाडमा गुफा बनाउन अप्ठ्यारो थियो । तर, मैले हार नमानी प्रयास गरेँ । ६ वर्षको अथक मिहिनेतपछि यस्तो गुफा बनाउन सफल भएँ,’ आफ्नो गुफा देखाउँदै उनले भने ।
उनले बनाएको गुफा सय फिट लामो र १३ फिट चौडा छ । गुफाभित्र ८५ फिटको लिभिङ रुम र एउटा किचन छ । गुफाको ढोका र केही भित्तामा उनले कंक्रिट लगाएका छन् ।

0 comments for "आफैंले बनाएको गुफामा बास"
Leave a reply