सेक्सका २५ भ्रम र सत्य
Posted by Omn-Nepal on Tuesday, June 9, 2015 | 0 comments
१. सेक्सका क्रममा महिलाहरु पनि स्खलित हुन्छन् ।
२. यौन सन्तुष्टिका लागि एकैसमयमा चरमोत्कर्ष आवश्यक हुन्छ ।
३. पुरुषको मात्र स्वप्नदोष हुन्छ ।
४. स्वप्नदोष यौन समस्याको संकेत हो ।
५. कुमारी युवतीसंग सेक्स गरे यौनरोग निको हुन्छ ।
६. निरन्तर हस्तमैथुनले लिंग छोटो हुन्छ ।
७. विशेष खालको खाना र शारीरिक अभ्यासले लिंग लामो र ठूलो बनाउँछ ।
८. हस्तमैथुन गर्दा लिंगको नसा भाँचिन्छ ।
९. भ्यासेक्टोमीले मानिसलाई नपुंसक बनाउँछ ।
१०. महिलामा भन्दा पुरुषमा बढी यौन क्षमता हुन्छ ।
११. गुदामैथुन पुरुष समलिंगीले मात्र प्रयोग गर्छन् ।
१२. एक सामान्य मानिसले चाहना राख्नेबित्तिकै उत्तेजित हुन सक्नुपर्छ ।
१३. लिंग उत्तेजित नहुने पुरुष वास्तविक अर्थमा पुरुष हुन सक्दैन ।
१४. मेनोपजले महिलाको यौन जीवन अन्त्य गर्छ ।
१५. यौन शिक्षाले युवाहरुलाई स्वच्छन्द सेक्सतर्फ लैजान्छ ।
१६. पहिलो सम्भोगमा महिलाको यौनांगबाट रगत आउनुपर्छ ।
१७. एकान्तमा सेक्स गर्दा महिलालाई चरमोत्कर्ष आउनुपर्छ ।
१८. महिनावारीको समयमा गरिने सेक्स अस्वस्थकर र असुरक्षित हुन्छ ।
१९. पहिलोपटकको सम्भोगमा महिला गर्भवती हुन सक्दैनन् ।
२०. दूध खुवाईरहेको समयमा सेक्स गर्दा महिला गर्भवती हुन सक्दैनन् ।
२१. सेक्सका लागि महिला गर्भवती हुन नसक्ने सुरक्षित अवधि पनि हुन्छ ।
२२. स्खलन हुनेबेलामा योनिबाट लिंग निकाल्ने विधि गर्भ रोक्ने उत्कृष्ट तरिका हो ।
२३. होमोसेक्सुअलहरुले पनि यौनसम्बन्धी सपना देख्छन् । तर, समलिंगी सम्बन्धका बारेमा मात्र सपना देख्छन् ।
२४. निदाएको बेलामा हुने चरमोत्कर्ष यौन समस्याको संकेत हो ।
२५. ठूलो लिंगले मात्र महिला पार्टनर सन्तुष्ट हुन सक्छन् ।
तथ्यहरु
१. सेक्सका क्रममा महिलाहरु स्खलित हुँदैंनन् । सम्भोगका क्रममा प्रयोग गरिने लुब्रिकेन्ट्सका कारण यस्तो भ्रम भएको हुन सक्छ ।
२. यौनसन्तुष्टिका लागि एकसाथ चरमोत्कर्ष अनिवार्य हुँदैंन ।
३. रातीको समयमा महिलाहरुले पनि चरमोत्कर्ष अनुभव गर्छन् ।
४. स्वप्न दोष यौन समस्याको संकेत होइन, ती सामान्य यौन प्रक्रियाका अंग हुन् ।
५. कुमारी महिलासंग यौन सम्पर्क गरे यौन रोग निको हुँदैंन । बरु यौन रोग महिलामा सर्न सक्छ ।
६. निरन्तरको हस्तमैथुनका कारण लिंग सानो हुँदैंन । एकपटक आफ्नो आकारमा पुगिसकेको अंग फेरि खुम्चदैंन ।
७. लिंग लामो बनाउन विशेष खालको खाना आवश्यक पर्छ भन्ने कुरा सही होइन । शरीरका अन्य अंगलाई महत्वपूर्ण हुने खानाहरु यौन अंगका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छन् ।
८. हस्तमैथुन शारीरिक क्रियाकलापको एउटा अंग हो । नसा भाँच्चिदैंन ।
९. भ्यासेक्टोमी (पुरुषका लागि) र ट्युबेक्टोमी (महिलाका लागि) गरिने अपरेशनका कारण यौन चाहना र क्षमता घट्दैन । बरु गर्भ रहने डर नहुँदा सेक्समा झन् आनन्द थपिन्छ ।
१०. पूरुषमा मात्र यौन क्षमता बढी हुने कुरा सही होइन । यौन क्षमता दुवै पक्षमा बराबर हुन्छ ।
११. गुदामैथुन होमोसेक्सुअलले पनि प्रयोग गर्छन् ।
१२. यौन चाहना गर्दा पुरुषको लिंगमा उत्तेजना आउछ ।
१३. उत्तेजनाले कुनै पनि पुरुषको पौरुषत्व छुट्याउन सकिदैंन । अन्य क्राइटेरिया पनि हुन्छन् ।
१४. मेनोपज (महिनावारीको अन्त्य) महिलाको यौन जीवनको अन्त्य होइन, सन्तान उत्पादन क्षमताको मात्र अन्त्य हो ।

0 comments for "सेक्सका २५ भ्रम र सत्य"
Leave a reply