एनआरएन कोरियाबाट नगद र जस्ता सहयोग

Posted by Omn-Nepal on Wednesday, June 10, 2015 | 0 comments


काठमाडौं । गैरआवासीय नेपाली संगठन कोरियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा एनआरएनए कोरियाका अध्यक्ष विनोद कुँबरले १ लाख ११ हजार १ सय ११ रुपियाको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे ।
संस्थाका अध्यक्ष कुँवरका अनुसार एनआरएनए कोरियाले भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, दोलखा, गोर्खा, नुवाकोट, काभ्रे र म्याग्दीमा त्रिपाल जस्ता पाता र खाद्य सामग्रीहरु वितरण गरिसकेको छ ।
एनआरएनए कोरियाले म्याग्दी जिल्लामा बाढीबाट प्रभावित २६ परिवारको लागि अस्थायी बासस्थान निर्माण गर्ने निर्णय पनि गरेको छ ।
एनआरएन कोरियाले सिन्धुपाल्चोकका कुपकन्या मा.वि लाई १ लाख आर्थिक सहयोग गरेको छ भने सतीदेवी उच्च मा.वि.लाई जस्ता पाता दिएको छ ।
संस्थाले दोलखाको नारायणी उच्च मा.वि. काभ्रेको कानपुर उच्च मा.वि. कास्कीको जटेश्वर मा.वि., गोरखाका सिद्धिकाली उच्च मा.वि., गणेश मा.वि., जनशक्ति नि.मा.वि., ध्रुवज्योति प्रा.वि. धादिङ्गका मनरुपी मा.वि, शंखादेवी उच्च मा.वि.,चण्डेश्वरी नि.मा.वि., कुमारी देवी मा.वि., स्थानापति मा.वि., जनभावना नि.मा.वि., अन्नपूर्ण प्रा.वि., गोलाभञ्ज्याङ्ग प्रा.विलाई पनि जस्तापाता सहयोग गरेको छ ।
त्यस्तै नुवाकोटका कामरुप मा.वि.जनज्ञान मा.वि र सिन्धुपाल्चोकको किऊल विद्यालयलाई पनि एनआरएनए कोरियाले जस्तापाता सहयोग गरेको छ ।
एनआरएनएले सञ्चालन गरेको राहत संकलन तथा वितरण अभियानमा कोरियाका सपोर्ट नेपाल फाउण्डेशन, ह्युमन राइट एशिया फोरम, नेपाल विद्यार्थी समाज, योङ्गस्टार ग्रुप, वुमन फर वुमन, एनआरएनए दक्षिण कोरिया क्षेत्रीय समिति ख्वाङ्जू/किम्हे र योङ्छन नेपाली समाजलगायतको सहयोग र समन्वय रहेको थियो ।

0 comments for "एनआरएन कोरियाबाट नगद र जस्ता सहयोग"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु