६० वर्षसम्म ननुहाएर गिनिज वल्र्ड रेकर्डमा नाम (फोटोफिचर)

Posted by Omn-Nepal on Thursday, June 25, 2015 | 0 comments



(एजेन्सी) एकपटक एमाओवादीका नेता गोपाल किराँतीले एक पत्रिकालाई अन्तरवार्ता दिँदै ‘वर्षमा एक पटक नुहाउँदा पनि केही फरक पर्दैन’ भनेर निकै चर्चा कमाएका थिए । तर, किराँतीलाई उछिन्दै इरानका एक व्यक्तिले ६० वर्षसम्म ननुहाएर गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न सफल भएका छन् । अमु हाद्जी नाम गरेका ती ८० वर्षीय व्यक्तिले ननुहाएको ६ दशक बितिसकेको छ । इरानको समाचार संस्थाले हालै मात्र उनको तस्विर सार्वजनिक गरेको थियो । इरानको देजगाह जिल्लाको देजगाहका बासिन्दा हाद्जी मरेका जनवार खान्छन् र उनको सबैभन्दा प्रिय वस्तु भनेको उनको सिगरेट पिउने पाइप हो । उनले किन नुहाउन छाडे भन्ने बारे भने कसैलाई थाहा छैन । 654731 


0 comments for " ६० वर्षसम्म ननुहाएर गिनिज वल्र्ड रेकर्डमा नाम (फोटोफिचर)"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु