आमा निर्दयी बन्दा 'धर्मपुत्र' को यो हालत
Posted by Omn-Nepal on Thursday, April 9, 2015 | 0 comments
एजेन्सी - आमालार्इ आफ्ना सन्तानको सबैभन्दा माया गर्ने व्यक्ति भनिन्छ । प्रकृतिले पनि आमालार्इ मायालु बनाएको हुन्छ । आफू मरेर भए पनि आफ्ना सन्तानलार्इ बचाउने आमाहरु संसारमा धेरै छन् । तर, चीनकी एक आमाले भने होमवर्क नगरेको भन्दै 'धर्मपुत्र' माथि सैतानी रुप देखाएकी छन् ।

होमवर्क नगरेपछि रिसले चुर भएकी ती आमाले ९ वर्षीय धर्मपुत्रलार्इ मरनासन्न हुन् गरी पिटेकी हुन् । डेली मेलका अनुसार आमाको कुटार्इले धमपुत्रको छातिदेखि खुट्टासम्म चोटको डाम बस्यो भने शरीर नै सुन्नियो । ती महिलाले छोरालार्इ रड, डोरी र थप्पड बर्साएकी थिइन् । यो घटना पूर्वी चीनको एक प्रान्तमा भएको हो । ती बालकलार्इ धर्मपुत्र बनाउने उनले ती बालकमाथि बर्बर शैलीमा कुटपिट गरेकी हुन् । महिलाको बर्बरता जब सार्वजनिक भयो तब यी बालकले आफूमाथि भएको यातनाबारे शिक्षकलार्इ बताए । जन्म दिने आमाबाट छोराको राम्रो भविष्य राम्रो बनाइदिने बताएर धर्मपुत्र स्वीकार्ने आमाको यो कर्तुतको समाचारले विश्वव्यापी चर्चा पाएको छ ।
उनले आफूलार्इ घरमा बाबुआमाले मर्ने गरी कुटेको बताएका थिए । उनले बताए अनुसार डोरी, पाइप र डन्डीले
कुटेपछि उनलार्इ तातोपानीमा समेत चोबल्ने गरिएको थियो । पुलिसका अनुसार ती धर्मपुत्रमाथि यो ज्यादति जब भयो तब उनकी ५० वर्षीया आमाले दिएको थप होमवर्क गर्न उनले मानेनन् । घटनाबारे जानकारी मिलेपछि प्रहरीले आरोपित महिलालार्इ पक्राउ गरेको छ । उनीमाथि बालकलार्इ जानीजानी शारीरिक यातना दिएको आरोप लागेको छ । समाचार अनुसार ती महिलाले यी बालकलार्इ उनी ६ वर्षका हुँदादेखि छोराको रुपमा अपनाएकी थिइन् । घटना बाहिर आएपछि ती बालकलार्इ उनका खास बाबुआमाको जिम्मा लगाइएको छ ।
0 comments for "आमा निर्दयी बन्दा 'धर्मपुत्र' को यो हालत"
Leave a reply