धादिङमा हाइवे क्राईम कन्ट्रोल अपरेसन शुरु
Posted by Omn-Nepal on Wednesday, December 18, 2013 | 0 comments
धादिङ,/ धादिङ प्रहरीले जिल्ला भित्रको राजमार्ग क्षेत्रमा ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन फलास आउट –२’ शुरु गरेको छ । देशका ६७ जिल्लालाई राजधानीसंग जोड्ने दुईवटा मुख्य राष्ट्रिय राजमार्ग धादिङ जिल्लामा रहेकाले यस क्षेत्रमा हुने कुनै पनि घटना दुर्घटना ,अपराधिक गतिविधि र अवैध धन्दा तथा शान्ति सुरक्षालाई व्यवस्थित बनाउन प्रहरीले ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन फलास आउट –२’ सञ्चालनमा ल्याएको हो । धादिङ जिल्लाको मौवाखोला देखी नौविसे सम्म पृथ्वीराजमार्ग र काठमाण्डौको नागढुङगा देखी नौविसे हुंदै तसर्पु सम्म त्रिभुवन राजपथ धादिङ जिल्ला भित्र पर्दछ ।
यस अघि २०७० आसार १४ गतेदेखी असार २३ गतेसम्म १५ दिन सञ्चालन गरेको ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन फलास आउट –१’ उपलव्धि मुलक भएकाले फलास आउट –२ सञ्चालन गरिएको सोमवार इलाका प्रहरी कार्यालय खानीखोलामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक अशोक सिंहले बताए । पुष १ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन फलास आउट –२’ राजनितिक मतभेदलाई सौहार्दपुर्ण तवरबाट शान्त र संयमित बाउने, गुण्डागर्दी जुवातास वेश्यावृत्ति तथा सामाजिक विकृति र विंसंगति नियन्त्रण गर्ने, अवैध रुपमा सञ्चालन भएका मदिरा उत्पादन र विक्री वितरणमा रोक लगाउने, हातहतियार राख्ने तथा ओसार पसार गर्ने जस्ता कार्यलाई पुर्णरुपमा नियन्त्रण गर्ने, मापदण्ड विपरित संचालित क्रसर उद्योग,वालुवा प्रशोधन केन्द्रमा रोक लगाउने प्रहरी नायब उपरीक्षक सिंहले बताएका छन । यसैगरी यस अवधिमा चोरी ठगी लुटपाट नियन्त्रण र फरार अभियुक्त पक्राउ तथा कारबाही, लागुऔषध बिक्री वितरण तथा सेवनमा रोक लगाउने, महिला माथि हुने हिंसा,चेलीवेटी वेचविखन तथा मानव अंग तस्करीमा रोक, ट्राफिक नियम उल्लंघन गर्नेलाई नियमानुसार आवश्यक कारबाही जस्ता कार्यालाई विशेष अभियानका रुपमा गरिने र संघसंस्था, महिला सेल, स्थानीय जनताहरुसंग हातेमालो गर्दै अघि बढ्ने कार्यक्रम रहेको प्रहरी नायब उपरीक्षक सिंहले बताएका छन । धादिङ जिल्लाको शान्ती सुरक्षा र राजधानीको शान्ती सुरक्षा अन्तरसम्वन्धित रहेकाले राजधानी र बाह्य जिल्लालाई जोड्ने मुख्य राजमार्ग धादिङबाटै रहेकाले ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन फलास आउट –२’ सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोख्रेलले बताए । प्रहरी अधिकृत तथा प्रहरी पोष्टका प्रमुखहरुको सहभागिता सम्पन्न कार्यक्रममा प्रजिअ पोख्रेलले धादिङ जिल्ला लाई अपराधी गतिविधि र अवैध धन्दा मुक्त बनाउन सवै पक्षसंग आग्रह गरेका थिए ।
0 comments for "धादिङमा हाइवे क्राईम कन्ट्रोल अपरेसन शुरु "
Leave a reply