संघर्षमय त्यो जिन्दगी.........
Posted by Omn-Nepal on Wednesday, December 18, 2013 | 0 comments
हो, म मध्यम वर्गिय किसानको छोरो न थिए, सबैजनाले गाउँ छदा सानेको नामले मात्र चिनिन्थे म । खास नाउँ त मेरो ‘हरिहर’ थियो नै । गाउँले किसान परिवारको छोरो न थिए । बुबाआमाको जागिरे जीवन त्यहि नै त थियो, बिहान उठ्नु वस्तुभाउ हेर्नु अनि मेलापात जानु । घरको म जेठो दाजु थिए । साथमा दुई बहिनी र एक भाइ । साँच्चै भन्दा घरको भावि जिम्मेवारी म माथि नै थियो । जब बनिबुतो गर्दै आमाबाबुले मलाई एस.एल.सी. सम्मको खुड्किलो कटाइदिनुभएको थियो । अब उच्चशिक्षा हासिल गर्ने हैसियत भने म मा थिएन । म बिचरो थिए गाउँमा हुर्केको । पाखा–पखेरोको ‘मकै’ को भरमा मेरो अध्ययन यहाँसम्म आइपुगेको थियो । खोलेफाडोमा हुर्केकोे मान्छे न थिए म । लाग्थ्यो, सम्भ्रान्त परिवारमा जन्मदो हु त सबै रहर पूरा हुन्थे पनि होला.. । मनमा यस्तै कौतुहलता खेल्दै टोलाउने गर्थे । आमाबाबुले खोरिया र पाखा बारीमा पटक–पटक उब्जाउनु भएको मकैको मूल्य चुकाउनु थियो मैले यतिबेला, त्यतिमात्र नभई घरको भावी जिम्मेवारी पूरा गर्नु त मेरै कर्तव्य थिए भावी दिनहरुमा । जन्मदेखि यतिबेलासम्म आमाबाबुले दिनुभएको म प्रतिको स्नेहरुपि मायाको अभिभारा मैले तिर्न सकेको थिइन । जुनबेला म एस.एल.सी. सफल भएथे । उतिबेलासम्म म प्रति स्नेहित भाव राख्दै आमाबाबुले मलाई एस.एल.सी. त देखाउनु भयो तर यसपछिको मेरो पढ्ने रहर बिलकुलै पूरा हुन सक्ने स्थिति थिएन । गाउँमा उतिबेला कलेज खुलेका थिएनन्, राजधानीका सम्भ्रान्त परिवारका छोराछोरीसँग घुलमिल हुनु मेरो लागि निक्कै चुनौतीपूर्ण कुरो थियो । आर्थिकताको अभावमा मुछिएको मान्छे थिए म । उसो त गाउँ मै बसेर गर्न सक्ने पनि केहि थिएन । उही गाईबाख्रा गोठालो जानु र पाखा पखेरो हेर्नु न थियो । उही हर्के र बिर्खेको संगत गर्नु न हो । अनि उही बेलटारमा र पाइटार मा घाँसको मुठा कस्नु न थियो । जीवनमा एकाध हुँदै बरालिएको मन लिएर गाँस, बास सँगै शिक्षाको खोजीमा आमाले बानिदिनु भएको गुन्द्रुकको पोको लिएुर राजधानी पसेथे २०५८ साल ताका मा म । जतिबेला १८÷१९ वर्षे ठिटो हुँदो हु । जतिबेला म राजधानी हानिए । त्यतिबेला म सँग बाँच्ने आधार त बिलकुल नै थिएन नै । रोजीरोटीको ठूलो समस्याले पिरोलिएको मान्छे थिए म । कामको शिलशिलामा भौतारिदै गर्दा साइकल चाल्दै गल्ली र घुम्तीहरुमा चुरोट बेच्नु मेरो दिनचर्या बन्न थाल्यो । मासिक साहुले दिएको १५००।– मेरो लागि निक्कै ठूलो रकम हुने गथ्र्यो त्यतिबेला । यसले मेरो रोजीरोटीको गुजारा त हुने नै भो नै तर अपशोच अध्ययनमा भने बिर्को नै लाग्यो । साइकल सँगको त्यो पौठेजुहारीले खानपिनमा टाइम नमिल्दा, टाइफाइडले कैयौँ रात पाटन अस्पतालको सिडिमा छटपटिनु पर्दाखेरीको क्षण सम्भmदा आजपनि मन मुटु नै भक्कानिएर आउने गर्छ । दुःख पर्दा आफ्नै गाउँघर सम्झन्थे, एक्कासी मन भक्कानिएर आउँथ्यो । म ब्राहमणको छोरो, तल्ला जातिको हप्कीदप्की सहेर काम गर्नुथ्यो । भित्र–भित्रै मन कुडिएर आउँथ्यो । गाउँ फर्कु त त्यहि पाखो पखेरो,राजधानी बसु त नेवार साहुको गालि । कठ्याङ्ग्रिदो चिसोमा नेवार साहुको चुरोट दोकान पुग्नु,बडारकुडार गर्नु अनि हपहप्ती गर्मीमा पनि नाइ भन्न नपाई साइकल चालिरहनु पर्दा भाग्यको फल भनेको नै यहि रहेछ कि झै लाग्थ्यो पनि । दिनभरी चुरोट बेच्नु मेरो रहर नभई बाध्यतामा थिए म । दिनभरीको साहुको ढाडस खाएर बेलुकी ज्ञानेश्वरको डेरामा फिर्दा,बरालिएको मनले भने झैं लाग्थ्यो कि, तेरो कोही छैनन्, यो दुश्मन शहरमा, जा त फर्किहाल आफ्नै गाउँमा... । निक्कै भावुक बन्थे, दिनभरीको साहुको अडानले दुखिरहेको ज्यानमा आशु बगेको पत्तो पाउन्न थे । म राजधानी अध्ययनको रहरमा छिरेको थिए तर पढ्ने वातावरण भने बिलकुलै नहुँदा निक्कै दुखित हुन्थे । पैसाको जेनतेन जोहो गरी दिनभरको काम सकेर बेलुकी आर.आर कलेजमा कलास लिन जान थाले । हाँसो र ठट्टामा भुल्र्दै रमिरहेका कलासका मित्रहरु देखेर म स्तब्ध बन्थे । ता की म सँग यिनिहरु जसरी गफिने समय थिएन । दैनिक साहुको ढाडसले म थकित भैसकेको हुन्थे । चुरोटको जिन्दगीले मलाई काठमाडौको गल्ली र घुम्ती चिन्न भने कुनै असहज भएन । जति परिस्थितिले मलाई थिचिरहेको हुन्थ्यो, म मा त्यति नै आत्मनिर्भरता बढ्दै गइरहेको हुन्थ्यो, एकाध रुपमा भने कहिलेकाँही टोलाउँथे । आफैंसँग प्रश्न गर्दै हराउन पुग्थे,किन आए होला यो काठमाडौ भनिने कुमाण्डुमा । लाग्थ्यो, गाउँमै बसेको भएपनि बुबा आमाले खोलेफाडो भएपनि खुवाइहाल्थे नी । यो बिरानो ठाँऊ । न कोही भोक लाग्यो होला, यति खाउ, थकाई मार भन्ने नै थिए...। यहाँ मलाई । अनन्त समय छाल सँगै बगिरहेछ, म राजधानी आएको पनि दुई पुगेर तीन लाग्नै लागिसकेछ,अपसोच कलेजको नतिजा आएपछि थाहा पाए, म त आई.ए. उर्तिण भएछु । म मा हर्षको सीमा नै रहेन । मैले धेरै कष्ठ गरेर शिक्षाको जोहो गर्न पुगेको थिए । साहुले दिएको मासिक रु.पन्ध्रसयबाट गाउँजादा भाइबहिनीलाई समेत कापी कलमको खर्च जुटाईदिनु मेरो नै दायित्व थियो उतिबेला । गाउँमा उब्जेको २÷४ घोका मकैले परिवारमा खुसी मेट्थ्यो । घरमा फोनगरे बुबाआमा मेरो प्रगतिबाट साह्रै खुसी हुनु भो । गाउँमा घर भन्नु सानो झुपडी थियो । गाउँमा घर ठूलो होस् भन्ने चाहना भने म मा थिएन । जीवनमा विचार चै ठूलो हुनुपर्छ भन्ने भावनामा थिए म । जब म बि.ए. पढ्ने भैसकेको थिए, एकाध मलाई इन्जिनियर बन्ने रहरले तान्यो । ठूलो सपना र परिकल्पना त बुन्न पुगे तर म सँग आर्थिक हैसियतताको कमि थियो । सोच्थे, दुःखमा त आफन्त पनि पराइ सरह हुँदो रहेछन् । लाग्थ्यो त्यहि सम्भ्रान्त परिवारका लागि त सामान्य हुँदो हो । यस्तै सोच्दै मौनतामा हराउँथे । मेरो भावना र मेरो चाहना देखेर भने बुबाआमाले कहिल्यै मलाई पछाडि पारिदिनु भएन, दुःख सुख गरेरै भएपनि मेरो छोरो असल मान्छे बनोस् भन्ने सोच मेरो आमाबाबुले गरिदिनु भो, अध्ययनको लागि खर्चको जोहो पाएपछि म चुरोट जागिरे जीवन त्यागेर इन्जिनियर बन्ने सपनामा कलेज जानु र डेरामा फकृनू मेरो दिनचर्या बन्यो, कहिलेकाँही न्यास्रो लाग्दा धेरथोर रकम खर्चेर आमाबुबालाई घरमा फोन गर्ने गर्थे, उल्टो फोन गर्दा माया पाउनुको सट्टा कहिलेकाँही झनै गाली खान पुग्थे । त त बिग्रेको छन् रे नी । त्यो तैले पढ्ने भनेको विषय त गाह्रो हुन्छ रे भन्छन् नी, उ पल्ला घरको अन्तरे काकाले भनेका । सान्दाजुको छोराले नि पढ्न लाको थियो रे त्यो त ,नसकेर गाउँ फर्केको रे नि त सान्दाजुका छोरा । नपढ भो आइज घर... । गाउँबाट यस्ता कुराहरु धेरै सुनाउने गर्नु हुन्थ्यो आमा....,क्याबात,तर मैले आफ्नो बाटो नै भुलिन र पो त । म अरुको वाइ्यात कुरा सुन्न चाहन्नथे । यतिबेला म ललितपुरको इन्जिनियरिङ कलेजमा सम्भ्रान्त परिवारका छोराछोरीसँग पौठे जुहारी खेल्दै अध्ययन गर्दै थिए, सँगै अध्ययन गर्ने साथीहरु पजेरो र स्कुटरमा कलेज ओर्लन्थे, म तिनै कलेज साइकलमा पुग्ने गर्थे । उनीहरु क्यान्टिन छिरेर रोजी–रोजी टिफिन खादाँ म डेराबाट लगेको खाँजा क्यान्टिनमा बसेर खाने गर्थे, बिलकुलै भिन्न थियो मेरो परिस्थिति । दिन दौगुना रात चौगुना भने झै जब म पढ्दै गए, जब मैले बुझ्दै जान्थे, एकाएक म नै कलेजमा प्रथम हुँदै जान्थे । पाँच वर्षको अध्ययन पछि मेरो जीवनले अध्ययनको एक मार्ग हासिल गरिसकेको त थियो तर म आर्थिकताको अभाव सँगै मुछिएको मान्छे । गाउँमा आमाबाबु रिनको बोझले थलिनुभएको थियो । जस्तो सुकै परिस्थितिमा पनि म बिलकुलै भिन्न थिए । पौठेजुहारी गर्दै जाँदा सरकारी क्षेत्रमा अधिकृतसम्म आइपुग्न सफल भए, जीवनका कहानी त धेरै नै छन् । तर उच्च शिक्षाको सपना नदेखेर म गाउँ मै भुलेको भए, म उही गाउँका हर्के र बिर्खे भन्दा बिलकुलै भिन्न हुन्न थे होला । लाग्छ यतिबेला, राजधानी फिरेर त्यहि चुरोट बेच्नु मै मैले मेरो जिन्दगीलाई समर्पित गरेकोे भए म चुरोट भाइले नै कहलिन्थे होला । लाग्छ, जीवन त्यतिमै सीमित रहन्थ्यो होला । आज यतिबेला बिहान घडीको तिनै दश बजे सँगै म हतार हतार कार्यालय धाइरहेको हुन्छु, कार्यालय जादैँ गर्दा म अरु साइकलमा चुरोट बेच्ने भाईलाई कुनै–कुनै बेला देख्नु पुग्छु । अनि तिनै बेला सम्झन पुग्छु, लाग्छ जीवन संर्घष हो, भोगाइ हो, अनि अनुभव पनि हो । –गीता त्रिपाठी धादिङ,मलेखु(रिचोकटार)
0 comments for "संघर्षमय त्यो जिन्दगी........."
Leave a reply