मध्यरातमा घरभित्रै चेपाङ महिलाको हत्या

Posted by Omn-Nepal on Friday, August 23, 2013 | 0 comments


धादिङ, भदौ ७ – धादिङको गजुरीमा एक चेपाङ महिलाको हत्या भएको छ । नचिनेका मान्छेको समूहले घरमै सुतिरहेकी महिलाको हत्या गरेको प्रहरीले जनाएको छ । आफ्नै घरमा सुतिरहेकी गजुरी ८ छेवाङ बरपिपलडाँडाकी ६१ वर्षीया बुद्धिमाया चेपाङ नचिनेका मानिसहरुको समूहले हत्या गरेको हो । राती १२ बजे आएको हतियारधारी समूह घरभित्रै पसेर धारिलो हतियार प्रयोग गरी बुद्धिमायाँको हत्या र श्रीमानलाई गम्भीर घाइते बनाएको हो । मोटो पाखुरा भएको व्यक्तिले आफुलाई घाँटीमा ताकेर खुकुरी प्रहार गरेको भएपनि छल्न सकेका कारण शरीरभरी चोट लागेर पनि ज्यान बचेको चन्द्रबहादुरले बताउनुभयो । प्रहरीका अनुसार अपराधिक समुहवाट चेपाङको हत्या भएको हो । आक्रमणमा परेकी बुद्धिमायाको घटनास्थलमै ज्यान गएको हो । घाइते चन्द्रबहादुरलाई उपचारको लागि काठमाडौ लगिएको छ । शुक्रवार विहान स्थानीय गाउँलेहरुले टेलिफोन मार्फत गाउँमा मान्छे मारिएको खवर दिएपछि प्रहरी घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान सुरु इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक तुलसीबहादुर भट्टराइले बताउनुभयो । बुद्धिमाया र चन्द्रबहादुरका दुई छोराहरु जित बहादुर र ज्ञान बहादुर केही महिना अघि देखि बाबुआमा संग छुट्टिएर भिन्दै बसेका कारण घरमा दुईजना मात्र थिए ।

0 comments for "मध्यरातमा घरभित्रै चेपाङ महिलाको हत्या"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु