मरेपछि ऋणि हुने डरले सामाजिक सुरक्षा भत्ता लिन इन्कार

Posted by Omn-Nepal on Thursday, January 24, 2013 | 0 comments


केशव अधिकारी माङराङ /

जेष्ठ नागरिकलाई दिईएको सामाजिक सुरक्षा भत्ता कर्मचारीलेनै गायव पारिदिएको,घरका सदस्यले झुक्याएर खाईदिएको,वाबु आमाले भत्ता बुझेर खर्च गर्न नदिएको कारण उनिहरुलाई घरवाट निकालिदिएको लगायतका समाचार हरेक दिन जसो वाहिर आईरहेका छन । सामाजिक सुरक्षा भत्ता कसरी व्यवस्थापन गर्ने र सम्वन्धित पक्षको हातमा सुरक्षित ढंगवाट कसरि पुर्‍याउने भन्ने बिषयमा पनि सरोकारवालाहरुको चिन्त्ाा र छलफल हुंने गरेका छन । कतिपयले उमेर ढांटेर पनि आंफुलाई जेष्ठनागरिक वनाएर सामाजिक सुरक्षा भत्ता लिंदै आईरहेका छन भने कतिजनाको मृत्यु हुंदा पनि उनिहरुको नाममा अर्कैले रकम लिने प्रवृत्ति बढिरहेको बेला दक्षिणी धादिङको विकटमा रहेको माङराङ गाउंका ८२ बषिर्य एक वयोबृद्धले सामाजिक सुरक्षा भत्ता लिनुपर्ने भएकै आफ्नो नागरिकता समेत वनाएका छैनन । जोगिमारा गाविसको वडा नम्बर ५ माङराङका अभिभावक हुन उनि । जन्मजात ओठ खुंडे भएकाले आफ्नो नाम खुंडे रहेको उनि वताउंछन । सबैले यहि नामवाट वोलाउने भएकाले खुंडे भन्दा कुनै चित दुखाई नभएको उनको भनाई छ । ८२ बषिर्य खुंडे चेपाङले जेष्ठनागरिकले पाउने गरेको सामाजिक सुरक्षा भत्तालाई राज्यको ऋण मानेका छन । विना काम अर्काको खान नहुने उनको तर्क छ । आंफु मर्ने वेला भईसकेकोले सरकारको ऋणि भएर मर्न नपरोस भनि भत्ता खानकै लागि नेपाली नागरिकता नवनाएको उनले वताए । 'नागरिकता वनाएपछि भत्ता लिन जानर्ुपर्छ ,मर्ने वेलामा सरकारको धन सित्तैमा खाएर म मर्न चाहन्न ' उनले वताए । खुंडेलाई नागरिकता वनाउन पटक पटक आग्रह गर्दा पनि उनले अस्विकार गर्दै आईरहेको स्थानीय सामाजिक कार्यकर्ता सीताराम चेपाङले वताए । दर्ुइ छोरा, तीन बुहारी र ४ नाती नातिना भईसकेका खुंडेले नागरिकता वनाउन भनेपछि ठाडै इन्कार गर्ने गरेको गाउंलेहरु बताउंछन । सोमवार माङराङ गाउं पुगेका नेकपा एमाले धादिङका जिल्ला अध्यक्ष गुरुप्रसाद बर्ुलाकोटीले सामाजिक सुरक्षा भत्ता सरकारको ऋण होइन जेष्ठ नागरिकलाई सहयोग हो । यो रकम तपाईले लिनर्ुपर्छ, यस्का लागि नागरिकता वनाउनु होस भन्दा खुंडेले अस्विकार गर्दै अर्काको सित्तैमा खान पाइन्छ भनेर नागरिकता नवनाउने प्रतिकृया दिए ।

0 comments for "मरेपछि ऋणि हुने डरले सामाजिक सुरक्षा भत्ता लिन इन्कार"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु