युवाहरु लागे व्यावसायिक बाख्रापालनमा
Posted by Omn-Nepal on Monday, November 26, 2012 | 0 comments
केशव अधिकारी /

धादिङ । बजारमा
बढ्दै गएको स्थानीय खसीको मासुको मागलाई धान्न मासु व्यवसायीहरुलाई
हम्मे–हम्मे परिरहेको बेला विभिन्न पेसामा संलग्न रहँदै आएका धादिङ
जिल्लाको नलाङका युवाहरु व्यावसायिक बाख्रापालनमा लागेका छन् ।
नलाङ गाउँ विकास समितिको वडा नम्बर–२ महादेवस्थानमा ती युवाहरुले दुई सय बाख्रा क्षमताको आधुनिक खोर निर्माण गरी व्यवसाय सुरू गरेका हुन् । अहिले उनीहरुले निर्माण गरेको खोरमा एकसय ५० वटा बाख्रा छन् ।
६ जना युवाहरुले अल्टरनेटिभ एग्रो सोलुसन प्रालि नामक व्यावसायिक कम्पनी दर्ता गरी बाख्रापालन सुरू गरेको कम्पनीका अध्यक्ष नवराज अर्यालले बताए । युवाहरु वैदेसिक रोजगारीमा जाने क्रम बढिरहेका बेला गाउँमा नै केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न व्यावसायिक बाख्रापालन सुरू गरेको अर्यालको भनाइ छ ।
नेपालको मासुजन्य पदार्थको तथ्याङ्क हेर्दा वार्षिक १५ अर्ब रुपैयाँभन्दा बढीको मासु नेपालमा आयात हुने देखेपछि व्यावसायिक बाख्रापालनबाट आम्दानी बढाउन सकिन्छ भन्ने लागेर युवाहरुको टिम बनाएर काम सुरू गरेको अर्का सदस्य राजाराम शर्मा बताउछन् । शर्माका अनुसार वार्षिक १० लाख बराबरको खसीको मासु उत्पादन गरी विदेशबाट आयात गरिने मासुमा केही कम गर्न सकिने भएको छ ।
गाउँठाउँमै केही व्यवसाय गरे विदेसिन नपर्नेतर्फ शर्माले बताउनुभयो । धादिङमा कृषि तथा पशुपालनका धेरै सम्भावना रहेको र मुख्य बजारको रुपमा रहेको राजधानी काठमाडाँै पनि नजिकै रहेका कारण पनि यस्ता व्यवसायलाई बिस्तार गर्नुपर्ने उनको भनाइ छ ।
सदरमुकाम धादिङबेसीमै दैनिक १५ वटाभन्दा बढी खसी मासुका रुपमा प्रयोग भइरहेकाले गाउँगाउँमा बाख्रापालन व्यवसाय सञ्चालन गरी मासुको अभाव कम गर्न लागेको पनि शर्माले बताउनुभयो । रोजगारीका लागि युवाहरु विदेश गइरहेको अवस्थामा गाउँमै केही गर्न सकिन्छ भन्ने उदाहरण यस्ता बाख्रापालन व्यवसायले पुष्टि गरेको छ । बाख्राको संख्या अझै बढाएर धेरै मासु उत्पादन गर्दै नलाङलाई बाख्रापालनको क्षेत्रमा नमुना गाविसको रुपमा चिनाउने लक्ष्य आफूहरुले लिएको शर्माको भनाइ छ ।
युवाहरुको कम्पनीले नलाङ गाविस वडा नम्वर २ महादेवस्थानमा एकसय ५० रोपनी भन्दा धेरै जग्गामा घाँसखेती गरी बाख्रापालन सुुरू गरेको हो । दसँैअघि मात्र १० वटा खसी विक्री गरी एक लाख २० हजार रुपैयाँ आम्दानी समेत भएको बताइएको छ । स्थानीय स्तरमा रोजगारी प्रवद्र्धन गर्ने लक्ष्यका साथ सुुरू भएको व्यावसायिक फारममा अहिले ४ जनाले रोजगारी पाएको कम्पनीका अध्यक्ष एवम् प्रवन्ध निर्देशक केशवराज शर्माले बताउनुभयो ।
कर्मचारीलाई मासिक चार हजार पाँच सयदेखि १३ हजार रुपैयाँसम्म पारिश्रमिकमा खर्च हुने गरेको उहाँको भनाइ छ ।
त्यसैगरी प्रालिलाई कृषि क्षेत्रको अनुसन्धान स्थल बनाउने र पिकनिक स्थलको रुपमा समेत विकास गर्ने सदस्यहरुले बताएका छन् ।
व्यावसायिक बाख्रापालनमा लाग्नेहरुमा रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल वानका कार्यकारी निर्देशक नवराज अर्याल, सत्यवती उच्च मावि कुम्पुरका शिक्षक मित्रप्रसाद अर्याल, काठमाडौँमा रोजगारीमा संलग्न गोविन्दप्रसाद अर्याल, केशवराज शर्मा र लक्ष्मण अर्याल रहेका छन ।

0 comments for "युवाहरु लागे व्यावसायिक बाख्रापालनमा "
Leave a reply