चीनमा नेतृत्व चयनका भित्री कुरा
Posted by Omn-Nepal on Saturday, November 10, 2012 | 0 comments

पार्टी कंग्रेस के हो ?
कम्युनिष्ट
पार्टीको बिषेश महाधिवेशन हरेक ५ वर्षमा हुन्छ । पार्टी यही मञ्चको
माध्यमबाट आफ्नो नीति र नेतृत्व परिर्वतनको घोषणा गर्छ । बिहीबारबाट सुरु
भएको यस महाधिवेशनमा चीनभरबाट २२ सयभन्दा बढी प्रतिनिधि सहभागी छन् ।
पार्टीले पहिल्यै तय भएको कार्यक्रम अनुसार एकजुटता र शक्ति प्रदर्शन गर्छ ।
तर, अधिवेशनका अधिकांश गतिविधि बन्द कोठामा नै हुन्छन । महाधिवेशनको
समाप्तीसँगै पार्टीको नेतृत्व तय गरिनेछ । महाधिवेशन कति दिनसम्म चल्ने
भन्ने अझै यकिन भइसकेको छैन । यसअघि भएको महाधिवेशन एक सातामा सम्पन्न भएको
थियो ।
यसको महत्व के छ ?
यस वर्ष भइरहेको कम्युनिष्ट पार्टीको
महाधिवेशन खास महत्वको छ । किनकी यहिंबाटै चीनको शीर्ष नेतृत्व तय हुँदैछ,
जो दश बर्षको अन्तरमा परिवर्तन हुन्छ । पार्टीले आफ्ना नेताका लागि उमेर
निर्धारण हद गरेको छ र ९ सदस्यीय पोलिटब्यूरोका ७ जना हट्ने अनुमान गरिएको छ
। ती सात नेतामा राष्ट्रपति हु जिन्ताओ र प्रधानमन्त्री वेन जियाबाओ पनि
पर्छन । महाधिवेशनको अन्तिममा देशको नयाँ नेतृत्व आफ्नो वरियता अनुसार
प्रेसका अगाडी उपस्थित हुनेछन् ।
नयाँ नेता को ?
उपराष्ट्रपति शी जिनपिङ, राष्ट्रपति हु
जिन्तावोको स्थानमा नयाँ पार्टी प्रमुख बन्ने र आगामी वर्षको सुरुमा
राष्ट्रपति पनि हुने अनुमान गरिएको छ । जिनपिङ विरासताका रुपमा राजनीतिमा
आएका नेताहरु मध्येका एक हुन् । उपप्रधानमन्त्री ली केकियाङ, हुजिन्तावोको
नजिकका सहयोगी हुन् । उनले प्रधानमन्त्री वेन जियाबाओको स्थान लिन सक्नेछन्
।
स्थायी समितिका अन्य सदस्यलाई लिएर विभिन्न अनुमान गरिएको छ । समितिको आकार घटाएर ७ मा झार्ने सम्भावना पनि छ ।
कसरी चुनिन्छ नयाँ नेता ?
सैद्धान्तिक रुपमा पार्टी कंग्रेस,
केन्द्रीय समितिका सदस्यको चुनाव गर्छ, जसले पोलिटब्यूरो र स्थायी समितिको
निर्धारण गर्छन् । तर, ब्यवहारिक रुपमा भने त्यस्तो नहुने गरेको
विश्लेषकहरु बताउँछन् । शीर्ष स्तरमा नेतृत्व निर्धारणमा कांग्रेसको भूमिका
केबल रबर स्टाम्पको रुपमा मात्र हुने गरेको छ ।
माओत्सेतुङ र देङ शियाओपिङको समयमा शीर्ष
नेताहरुले आफ्नो उत्तराधिकारी आफैले तोकेका थिए । अहिले भने त्यस्ता नेता
छैनन् । अहिले नयाँ नेताको चुनावका लागि पार्टीको विभिन्न गूटको चलखेल हुने
गर्छ । ली केकियांगलाई हु जिनताओले मन पराएको उम्मेदवार मानिन्छ । शी
जिनपिंग अगाडी आए । उनको नाममा पार्टीको सबै समूह सहमत भएको छ ।
के परिर्वतन हुन्छ त ?
चीनमा आर्थिक र सामाजिक समस्या गहिरिँदै
जानुमा कम्युनिष्ट पार्टीको सत्तामा पकड घट्नु हुन सक्छ । त्यसैले नयाँ
नेतृत्वले यस दिशामा तत्काल सुधार गर्न आवश्यक छ ।
देशमा राजनीतिक सुधारको आवश्यकता पनि
महशुस भएको छ । शी जिनपिङने हालै मात्र यस दिशामा कठोर कमद चाल्ने संकेत
दिएका छन् । यद्यपी चीनको राजनीतिमा केही बलियो समूह छ, जो यस्तो सुधारको
विरोधमा छन् । नयाँ नेताको चुनावमा यस्ता सबै कुराको ध्यान दिइनेछ ।
सेवानिवृत्त नेताको के हुन्छ ?
चीनमा सक्रिय राजनीतिबाट सन्यास लिएका
राजनेता पर्दा पछाडी बसेर काम गर्छन् र देशको राजनीतिमा आफ्नो प्रभाव कायमै
राख्छन् । जियांग जेमिन सन् २००२ मा पार्टीको शीर्ष नेतृत्वबाट हटे । तर,
त्यसको २ वर्षपछिसम्म पनि यनी केन्द्रीय सैन्य आयोगको अध्यक्ष रहे । हु
जिन्ताओले पनि उनकै अनुशरण गर्ने केहीको बुझाई छ । केही भने पदमा नरहेर पनि
सक्रिय हुन्छन् ।
गोपनीयता
चीनमा नेतृत्व कसरी बदलिँदैछ, यसबारेमा
सन् १९७८ बाट विश्वलाई थाहा हुन थालेको हो । यद्यपी अझै पनि चीनको
राजनीतिमा धेरै काम र निर्णयहरु गोप्य रुपमा नै हुन्छ । जस्तो शी जिनपिङ
केही समय अघि झण्डै २ हप्तासम्म सार्वजनिक भएनन्, त्यसपछि विभिन्न अनुमान
भए । कम्युनिष्ट पार्टीको यस महाधिवेशनबाट एक कुरा भने सार्वजनिक हुन्छ ।
त्यो हो हु जिन्ताओको बहुप्रतिक्षित राजनीतिक प्रतिबेदन ।
0 comments for "चीनमा नेतृत्व चयनका भित्री कुरा"
Leave a reply