तिम्रो अवशान हुने छैन- आचार्य प्रभा
Posted by Omn-Nepal on Monday, November 12, 2012 | 0 comments
कवि तथा प्राज्ञ स्व.कृष्णभुषण बलज्यूमा समर्पित शब्दोपहार )
कविताको मर्म पोख्ने
ती हातहरु सदाकालागी
बाँधिए पनि
कृष्ण दाइ,
तिम्रो भावनामा कहिल्य
कुनै पासो लाग्ने छैन
किन कि……,
मनग्गे तिमीले
पोखिसकेका छौ भावनाहरु
नेपाली साहित्यकाशलाई ।
तिमीले मृत्यु रोज्यौ त के भो ?
केवल तिम्रो आवरण शून्यमा
बिलायो,तर ……………,
तिम्रा भावना र सृजनाको
कहिल्यै अवशान हुनेछैन
हर पाठकको मन मस्तिष्कबाट ।
तिमी गयौ,
यो रङ्गमञ्चबाट
आफ्नो अभिनय सिद्ध्याई
तर कहिले सिद्धिने छैन
साहित्यकाशबाट तिम्रा
अमुल्य कृतिहरु ।
तिमी छुट्यौ जीवनरुपी धागोबाट
तर कहिल्यै छुट्ने छैनन्
तिम्रा सृजनाका लहरहरु
अनि………,
कहिल्यै टुट्ने छैनन्
तिम्रा उदेश्यका आशारुपी
महलका अवशेषहरु ……….. /
रचना – जुलाई २५/ १२

ती हातहरु सदाकालागी
बाँधिए पनि
कृष्ण दाइ,
तिम्रो भावनामा कहिल्य
कुनै पासो लाग्ने छैन
किन कि……,
मनग्गे तिमीले
पोखिसकेका छौ भावनाहरु
नेपाली साहित्यकाशलाई ।
तिमीले मृत्यु रोज्यौ त के भो ?
केवल तिम्रो आवरण शून्यमा
बिलायो,तर ……………,
तिम्रा भावना र सृजनाको
कहिल्यै अवशान हुनेछैन
हर पाठकको मन मस्तिष्कबाट ।
तिमी गयौ,
यो रङ्गमञ्चबाट
आफ्नो अभिनय सिद्ध्याई
तर कहिले सिद्धिने छैन
साहित्यकाशबाट तिम्रा
अमुल्य कृतिहरु ।
तिमी छुट्यौ जीवनरुपी धागोबाट
तर कहिल्यै छुट्ने छैनन्
तिम्रा सृजनाका लहरहरु
अनि………,
कहिल्यै टुट्ने छैनन्
तिम्रा उदेश्यका आशारुपी
महलका अवशेषहरु ……….. /
रचना – जुलाई २५/ १२
0 comments for "तिम्रो अवशान हुने छैन- आचार्य प्रभा"
Leave a reply