नागरिक दवाव पछि टेलिकम जेनेरेटर सार्न बाध्य

Posted by Omn-Nepal on Thursday, November 22, 2012 | 0 comments



टेलिकमले सन्चालनमा ल्याएको २५ केभीए क्षमताको जेनेरेटर र संगै रहेको मुना गोतामेको घर
तस्बिर :नेत्रावती साप्ताहिक

धादिङबेसी/अर्को व्यक्तिको इच्छा विपरित संगै बसेको व्यक्तिले ठुलो आवाजमा वोल्न समेत नपाइने कानूनी व्यवस्था भएपनि नेपाल सरकारी स्वामित्व रहेको नेपाल टेलिकम धादिङले व्यक्तिको निजी घरमा क्षती पुग्ने गरि जेनेरेटर चलाउंदै आएकोमा  नागरिकहरुको व्यापक विरोध र दवाव पछि अर्काको घरमा असर पर्ने गरि संचालनमा ल्याएको जेनेरेटर सार्ने भएको छ ।
    कार्यालयमा बिद्युत्त समस्या भएको बेला दुर संचारको सेवाहरुलाई नियमित गर्न भन्दै एक बर्ष अघि देखि टेलिकमले कार्यालय परिसर भित्रै भन्दै छिमेकी मुना गोतामेको घरको आडमा राखेर जेनेरेटर चलाईदिंदा जनेरेटरको कम्पनले गोतामेको घरमा असर परेपछि पिडित पक्षले उक्त जेनेरेटर तत्काल हटाईदिन पटक पटक लिखित तथा मौखिक आग्रह गर्दै आईरहेका थिए । टेलिकमले पिडित पक्षको समस्याको सुनुवाई नगरेको भन्दै नागरिक अगुवा सहितको टोलीले टेलिकम धादिङका प्रमुख सीताराम सुवेदीलाई भेटेर उक्त जेनेरेटर तत्काल नहटाए कडा कदम चाल्ने चेतावनी दिएपछि गोतामेको घरको आडमा रहेको जेनेरेटर कार्यालय भित्रैको अर्को स्थानमा सार्न नेपाल टेलिकमले चासो देखाएको हो ।
    टेलिकमले सञ्चालनमा ल्याएको जेनेरेटरको कम्पनले आफ्नो घरको ठाउं ठाउंमा ढलान चर्किएपछि घरमा बस्न खतरा रहेको भन्द्यै कोठा भाडामा लिएरु बसेका व्यक्तिहरु कोठा छाडेर हिंडेको घरधनी गोतामेले बताउनु भयो । टेलिकमको कारण आंफुलाई परेको समस्याका वारेमा जिल्ला प्रशासन कार्यालयलाई एक वर्ष अघि लिखित निवेदन पेश गर्दा पनि प्रशासनले कुनै चासो नदेखाएको भन्दै न्यायको लागि सहयोग गरिदिन गोतामेले जिल्लाका नागरिक अगुवाहरुलाई आग्रह गरेपछि अधिबक्ता भुमि त्रिपाठीको अगुवाईमा गएको प्रतिनिधी मण्डलले टेलिकमका प्रमुखलाई भेटि पिडित पक्षको समस्या समाधानका लागि तत्काल प्रकृया अघि बढाउन आग्रह गरेको थियो

0 comments for "नागरिक दवाव पछि टेलिकम जेनेरेटर सार्न बाध्य"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु