थप्पडवाद जिन्दावाद कि मुर्दावाद?

Posted by Omn-Nepal on Wednesday, November 21, 2012 | 0 comments


बद्रीप्रसाद दहाल
 ‘थप्’धातुमा ‘पड’  प्रत्ययलागेर ‘थप्पड’ नामपदवर्गको शब्द बन्दछ । यसको अर्थ कुनै चेप्टो –(जस्तो—हातको पन्जा)चीजले कसैको गालाआदिमागरिने प्रहार , चड्कन, झापड, लबटाको हनाइ, खप्की र झ‘टाइ  भन्ने बुझिन्छ । ‘वाद’को आसय स्वप्नद्रष्टाहरुले  वातत्ववेत्ताहरुले  प्रतिपादन गरेकासारपूर्ण सिध्दान्तभन्ने बोध गराउ‘छ ।  जब राजनीतिमाविचार, सिध्दान्त, दर्शनकामूल्यधर्मराउन थाल्छन्, लठैत र चरम स्वार्थपिपासुकाहातमा राजकाजको ताज पुग्छ ,वैयक्तिक रुपमा  राज्यशक्तितथा देशको ढुकुटीमा रजगज गर्ने दुरभीप्साअगुवानामधारीमा जाग्छ  तब त थप्पडवादले समाजलाई  आक्रान्तबनाउन थाल्छ । त्यसैको प्रतिबिम्बहो नेपालमामौलाउ‘दो  थप्पडवाद !
राजनीति दर्शनका प्रचलित नव–अभिनववादमा  आघात पुग्ने गरी जब अराजकताकाखलनायकबन्ने दम्भीविचार अगुवाकाआचारमाअनुदित हुन्छन्  तब त यो कुवादले आवादगर्न थाल्दछ ।जब  वादकानाममाचलेकातन्त्रहरु जनहितकामन्त्र र राज्यसञ्चालनका सुयन्त्रबन्न योग्यता  गुमाउ‘छन्  अनि त लगत्तै हाकोडाको मच्चाइहाल्छ दादातन्त्रको  थप्पडवादले । पू‘जीवाद, समाजवाद, फेवियनवाद, व्यक्तिवाद, राष्टवाद,गान्धीवाद, फासीवाद, नात्सीवाद, आदर्शवाद, बहुलवाद, साम्यवाद, लेलिन र माओ सिध्दान्तहरुमात्रनभएर  नव–गणतन्त्र, अभिनवलोकतन्त्रका  राजमार्गहरुसमेत  भत्काइन्छ भने त्यहॉ झापडतन्त्रको  थप्पडवादले सबै  भुलक्कडलाई  कक्कड  बनाएर चक्कड  लगाई  छाड्छ ।मूलतः  थप्पडतन्त्रका स्रोत, ओत र कोत त भुलक्कड नायककाथोत्रिएका, धोत्रिएका र कोत्रिएकाकुचाल  कै बेहाल परिणति हुन् ।
 ‘बाहिर–बाहिर नारा लगाऊ, भित्र  सात पुस्तालाईतारा  देखाऊ’का रणनीतिले जब संपूर्ण  नीतिको  राजाबनेको राजनीतिमाथिधावाबोल्न थाल्छ तब त थप्पडवादले आफ्नो झापडतन्त्रलाई  पापडमा उतारेर  घामडै  बनाउ‘छ बा ! बा ! बास्तवमा  थप्पडवाद कुनै  नयॉ राजनीतिकदर्शन नभएर विचार र सिध्दान्तमाआएको स्खलन, ‘एनिहाउ  पैसा  कमाउ’जस्तादुर्वृत्तिले गॉज्दा कै परिणति हो ।क्रान्तिगाथालाई गाउनअब्बलकोटिको  क्षमता राख्ने वाचालवा वाग्घरि  नायक जब घरि–घरि  हरि अर्थात् विवेक गुमाएर  बोकोझैं भोको भै  कुरा फेर्दै बक–बक  गर्न थाल्छ  अनि त थप्पडवादको औतार तुरुन्तै प्रकट हुन्छ । थप्पडवाद  मौलाउनुमाअन्धभक्तभएर  तीर्थजस्तो श्रध्दा राखेको शीर्ष नेतामा षड्रिपु –( काम,क्रोध, लोभ, मोह, मद, मात्सर्य)– ले घर गर्नु पनि रहेछ । बलिदानी र लडाकू भावबोकेकाइमानीहरुलाई  बेमानी ठानेर  लोभी ,पापी,  अवसरवादी, स्तुतिवाद र चाप्लुसखोर  चोर जमात पार्टीभित्रहुल्दापनि थप्पडवादलाई रासाय–निकमलको बल पुग्ने हो किभनेर जानिफकारहरु  विश्लेषण  गर्दछन् ।
अनिहिजोकावीतरागीनायकहरु  आज  सुन्दर हबेली ,विलासीवाहन, किमती लत्ताकपडा , नयॉ मोडलका गरगहना र वित्तीय कोषहरुमा अथाह नगदना–रायणलाई  पारायण गर्न पाइने चरम स्वच्छन्दताको ताण्डवले  पनि थप्पडवाद सिस्नुझैं हलक्कै हुन्छ ।  अनि शरम नमानीकहिले नरम हुने र  कहिले  गरम भइटोपल्ने चमेरेनीतिले पनि थप्पडवाद घाघ्घड  बन्दो रहेछ ।वास्तवमा  थप्पडवाद जनतन्त्र वा लोकतन्त्रको ऐजेरु हो ,यो प्रारम्भिक हिंसाको विषवृक्ष  हो । यसले  प्रोत्साहनपाउ‘दै  गएमाविस्तारै बन्दुकवाद, बमवाद र आत्मघाती नृसंहारवादमा  परिणत  हुन्छ  थप्पडवाद । यसैले यतिखेरकाबोलक्कड भुलक्कड, पोलक्कड  र  फ्यूजनगर्ने घोलक्कडहरुले  समयमै  बुध्दि पु¥याऊन् । विरोधीलाई दनकमिल्यो  भनेर काखीबजाउने गलत चेष्टा  कसैबाट नहोस् ।यस्तो दुनुमगजे विचारले  त लोकतन्त्रजूवाको  चाखे  दाउजस्तै  बन्न  पुग्छ । त्यसैले मौलाउ‘दो थप्पडवादलाई  लोकतान्त्रिकआचरण र व्यवहारको  अमृत वर्षा गरेर नायकहरु श्रीकृष्णझैं  जनअभीप्साका सच्चागायकबन्ने क्षमता राखून् ।पदलोलुपता,पक्षपा–तीव्यवहार , क्षेत्रीय ,जातीयभावना  र लैङ्गिकदम्भपोखेर कंश बाटोतिर बाठो बन्ने नाममाशीर्षष्थहरु  पादस्थबन्नपुग्लान् होसियार  अल्लाहकारका रुप भएका  सल्लाहकारहरु हो ! अनि हस्को वशमा  र हजूरको गजूरमा टल्किएका यतिखेरकाहाइकमानहरु ! विवेक, साहस, न्याय  र संयमजस्ता सद्गुणलाई कक्कड बनाऊअ‘ध्यारो थप्पडवादसित  लड्न ।   लाखबिन्ती  छ  महत्वकाङ्क्षी  सुप्रिमोमण्डली !  अबपनिहुल देखेर तर्सी लोकप्रियहुने नाममाविवेकमाबोल्न भुलनगर ,जमात देखेर ऐभॉतनभत्काऊ, सपनामात्रपोख्नेभन्दाबिपनाजोख्ने होऊ ।
यतिखेरको स्वेच्छाचारी नेतातन्त्रभोग्दा– भोग्दा भग्नमनस्थितिमापुगेका जनसमुदाय !  मौलाउ‘दो थप्पडवादले तपाईंहरुको आक्रोशको श्वासप्रश्वास केहीहल्काभएको आभाषभयो कि? तर  यो फगतभ्रान्तिहो,  एकछिनको पिसापको न्यानो मात्रहो । थप्पडवाद जङ्गलयुगतिरको ,ढुङ्गे कालपटिको रौरव यात्राहो । यो पश्चगमनमात्र नभएर तलातल र पातालभास्सिने  कुकार्य हो । यो इदीअमिन, हिटलर, निरो जस्ता  सर्वसत्तावादजन्माउने हिंसाचार हो । यसैले थप्पडवादलाई धेरै प्रतिसतजिन्दावाद र थोरै प्रतिसतमुर्दावादभनौं  किभनेर तनाव ,द्वन्द्व र असमञ्जस  अवस्थामा  पर्नु भएकाहरु ! निश्चयनै थप्पडवाद हिंसा कै राक्षसी सन्तानहो । आचरण नसुधारेका  नेतालाई  चेतावनीदिंदै सबै मिलेर एक स्वरमाभनौं  थप्पडवाद मुर्दावाद ! !!

0 comments for "थप्पडवाद जिन्दावाद कि मुर्दावाद?"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु