सातदोवाटोमा युवतीबीच ग्याङफाइट :सडकमा मारामार
Posted by Omn-Nepal on Wednesday, June 21, 2017 | 0 comments
ललितपुर, - आस्था राई र कोपिला गिरी फेसबुकका मित्र हुन । उनीहरुबीच केही समयदेखि फेसबुकमा लामै कुराकानी हुँदै आएको छ । मित्रताको त्यही डोरी फेसबुक नै झगडाको कारण पनि बनेको छ । अनि नेपाली समाजको एउटा डरलाग्दो पाटो बाहिर आएको छ, अव युवतीहरुबीच पनि हुन थाल्यो ग्याङफाइट ।
आस्था र कोपिला भक्तपुरको सीतापोखरी र काभ्रेको पनौतीमा ग्याङफाइट गर्न गएका थिए, संभव भएन, भक्तपुरको सीतापोखरीमा झगडा गर्ने बेला प्रहरी भ्यान आएपछि डराएर भागे, पनौतीमा स्थानीयको भीडभाडका कारण झगडा गर्न सकेनन । भक्तपुर र काभ्रेमा असफल भएपछि आस्था र कोपिलाले मंगलबार दिउँसो फोन गरेर साँझ सातदोवाटो चोकमा ‘ग्याङफाइट’ गर्ने निधो गरे
विरलै मात्र सुनिने गरेको घट्ना हो, युवतीबीच विचमा ग्याङ फाइट हुन्छ भन्ने कुरा । केटाकेटा विचमा ग्याङ फाइट हुन्थ्यो, अब समय परिर्वतन भएको छ। मंगलबार साँझ ६ बजेतिर ललितपुरको सातदोबाटो चोकनजिकै सेल्स बेरीअगाडि युवतीहरुबीच ‘ग्याङ फाइट’ भयो। आठ जना युवतीको एक समूहले तीन जना युवतीको अर्को समूहमाथि छुरा लिएर आक्रमण गरेको दृष्यलाई स्थानीयले अचम्म मान्दै हेरे। ती आठ जनाले अर्को समूहकी एक जनालाई छुरा हानेर घाइते नै बनाए ।
तीमध्ये पाँच जना बस चढेर कोटेश्वरतर्फ भाग्दा सातदोबाटो चोकमा खटेका प्रहरीले बस नियन्त्रणमा लिएर पक्राउ गर्यो। बाँकी युवती कता हराए भन्ने कुरा प्रहरीले थाहा पाएन ।यसबीच घाइते अवस्थामा सडकमै लडिरहेकी युवतीलाई प्रहरीले धापाखेलस्थित सुमेरु अस्पताल लग्यो ।
मुख्य ग्याङ फाइटर आस्था राई
मुख्य ग्याङ फाइटर आस्था राई
छुरा लागेर घाइते भएकी उनी काभ्रे घर भई ललितपुरको हात्तिवन बस्दै आएकी १७ वर्षे कोपिला गिरी हुन । अस्पतालका अनुसार उनको शरीरमा पाँच ठाउँमा छुरा प्रहार भएका छन । टाउको, गर्दन, पाखुरा, तिघ्रा र कम्मरमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा नरहे पनि खतरामुक्त रहेको अस्पतालले जनाएको छ । सातदोबाटो वृत्तका डिएसपी रामेश्वर यादवका अनुसार गिरीमाथि आक्रमण गर्ने मुख्य युवती आस्था राई हुन । उनी आफ्ना दुई जना साथीहरुसहित फरार छिन् ।
सलिना एक्लैले कोपिलामाथि पाँच पटक छुरा प्रहार
ग्याङफाइट क्रममा पक्राउ पर्नेमा ओखलढुंगा रगनी घर भई काठमाडौं शान्तिनगर बस्ने १७ वर्षीया सलिना राई सुनुवार, नुवाकोट घर भई भक्तपुर गठ्ठाघर बस्ने १६ वर्षकी रिना मगर, सुनसरी घर भई बल्खु बस्ने २७ वर्षकी सुमन राई, कामना राई र ओखलढुंगा घर भई बौद्ध बस्ने वर्ष १६ की सजना सुनुवार छन् । घटनाको अनुसन्धानमा खटिएको प्रहरीका अनुसार सलिना एक्लैले कोपिलामाथि पाँच पटक छुरा हानेकी थिइन् ।
कोपिला र आस्था राई लगायत युवतीको फेसबुकमार्फत चिनजान भएको प्रहरीले जनाएको छ। उनीहरुको ‘साइको क्विन’ भन्ने फेसबुक समूह छ। त्यसमा कुराकानी हुँदा एकअर्कालाई अश्लिल शब्द प्रयोग गरेको र त्यही निहुँमा झगडा भएको सातदोबाटोका प्रहरी निरीक्षक श्यामल सुब्बाले बताए। ‘हामी यो ग्याङ फाइट हुनुमा अरु नै कारण पनि छ कि भनेर अनुसन्धान गरिरहेका छौं,’ सुब्बाले भने।
कोही रेष्टुरेन्टमा वेटर, कोही ११ र १२ विद्यार्थी
पक्राउ पर्ने अधिकांश युवती राजधानीका विभिन्न रेष्टुरेन्टमा वेटरको काम गर्छन । कोही कक्षा ११ र १२ मा पढ्दैछन्। उनीहरुले पूर्वयोजना नै बनाएर सातदोबाटोमा आक्रमण गर्ने भनी ठाउँ तय गरेको प्रहरीको भनाई छ । ‘यसअघि उनीहरु भक्तपुरको सीतापोखरी र काभ्रेको पनौतीमा समेत ग्याङफाइट गर्न गएको पाइएको छ,’ प्रहरीले भन्यो ।

यसैअनुसार साँझ सातदोबाटो चोकमा आस्था र कोपिलाको भेट भयो। कोपिलाले आफ्ना साथीहरु हात्तिवनमा रहेको र त्यहीँ गएर फाइट गर्ने भनिन्। उनीहरु हात्तिवन जाँदै गर्दा बीच बाटोमै भनाभन भएको र सेल्स बेरी अगाडि पुगेपछि कोपिलालाई निर्घात कुटपिट गर्दै छुरा हानिएको प्रहरीले बतायो। प्रहरीले पक्राउ परेकाहरुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने जनाएको छ। महानगरीय अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले कलेज र अन्य स्थानमा युवतीहरुबीच झगडा भए पनि अहिलेसम्म छुरा प्रहार नभएको बताए।
0 comments for "सातदोवाटोमा युवतीबीच ग्याङफाइट :सडकमा मारामार"
Leave a reply