महिलाले हाँस्दै-हाँस्दै यसरी जन्माइन् बाथटबमै बच्चा

Posted by Omn-Nepal on Sunday, October 25, 2015 | 0 comments




एकजना युवतीले बाथटबमा बच्चा जन्माएका तस्वीरहरु अहिले इन्टरनेटमा भाइरल बनिरहेका छन् । पेसाले फोटोग्राफर रहेकी ती अमेरिकाकी महिलाले बाथटबमा प्राकृतिक तबरले बच्चा जन्माएका तस्वीरहरु अर्की फोटोग्राफर तथा उनकी साथी क्याथी रोसारियाले खिचेकी हुन् ।
आफ्नी साथीले घरमै प्राकृतिक तबरले बच्चा पाउने तयारी गरिरहेको थाहा पाएपछि क्याथी सतर्क तथा उत्सुक बनेकी थिइन् । बच्चालाई निकै माया गर्ने क्याथीको स्वभाव थियो र बच्चाको तस्वीर क्लिक गर्ने शौख उनको थियो ।
baby-born-3
क्याथीले आफ्नी साथीले बाथटबमा बच्चा जन्माएका तस्वीर सार्वजनिक गर्दै भनेकी छिन्, ‘मेरा लागि बच्चा जन्माउने बेलाकी महिलालाई देख्नुजत्तिको अद्भुत केही पनि होइन ।’
आफ्नी साथीले नै घरमा बच्चा जन्माउन थालेकाले आफुलाई यसको अनुभुति अझै बढि भएको उनले बताएकी छिन् ।
उनले यसअघि पनि बच्चा जन्मिँदाको समयमा तस्वीरहरु खिचिसकेकी छिन् । आमा भन्ने चिज पृथ्वीमा रहेको सबैभन्दा अद्भुत प्राणी रहेको उनले बताएकी छिन् । उनले आफ्नी साथीको नाम भने खुलाएकी छैनिन् । हेरौँ बाथटबमा बच्चा जन्माउँदा केही क्षणहरु
baby-born-5
baby-born-2
baby-born-1
baby born 4
 

0 comments for "महिलाले हाँस्दै-हाँस्दै यसरी जन्माइन् बाथटबमै बच्चा"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु