बालिकाको यौनागंमा छुने र छुन लगाएको आरोपमा प्रअ पक्राउ

Posted by Omn-Nepal on Monday, August 17, 2015 | 0 comments


फोटो :फाइल फोटो



स्याङ्जा: स्याङजाको कुवाकोट गाविस स्थित जाल्पा प्राथमिक बिद्यालयका प्रधानाध्यापक चण्डेश्वर गैह्रेलाई सोही बिद्यालयमा अध्ययरत ५ बालिकाद्धारा यौनदुब्र्यवहारको आरोप लगाउदै सोमबार प्रहरीमा मुद्धा दर्ता गराएका छन् ।  

गैह्रेले यौनागंमा छुने र छुन लगाउन, अंग देखाउन र कपडा खोल्न लगाउने र अन्य घृणित काम गर्न दवाव दिने गरेको भन्दै प्रहरी कार्यालयमा मुद्धा दर्ता गरिएको छ । 
 
बिद्यालयको ४ कक्षामा अध्ययरत ५ जना ती बालिका ( ८, ९, ९, १०, ११ ) बर्ष उमेरका छन् । बालिकासंगै उनीहरुका दर्जनौं अभिभावक पनि प्रहरी कार्यालयमा आइपुगेका छन् ।  अभिभावक एकै स्वरमा - बर्षौंदेखि शिक्षक गैह्रेले बालदूब्र्यवहार गर्दे आएको आरोप लगाएका छन् । 
 
चापाकोट नगरपालिका १३ घर भई बिगत २२ बर्षदेखि सोही बिद्यालयका प्रधानाध्यापकका रुपमा कार्यरत ४५ बर्षिय गैह्रेलाई प्रहरीले पक्राउगरी थप अनुसन्धान सुरु गरेको छ । गैह्रे बिरुद्ध जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरिएको प्रहरी निरीक्षक ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए । 
 
कक्षा ४ मा पढ्दै गरेकी छोरी बिद्यालय पढ्न जान भन्दा आमाको गाली सुन्न बेश भन्दै घरमै बस्न थालिन् । छोरीको ब्यवहारमा पनि फरकपन देखियो ।  उसका अन्य साथीहरुसंग पनि सोध्न थाले । आफुहरुमाथि भएको दुब्र्यवहारको घटना एक पछि अर्को गर्दे सुनाउन थाले । बालिकाहरु शिक्षकबाट नै असुरक्षित भएपछि प्रहरीको जिम्मा लगाउन आयौं,’ कुवाकोट निवासी एक अभिभावक आमा भन्छिन् ।   

0 comments for "बालिकाको यौनागंमा छुने र छुन लगाएको आरोपमा प्रअ पक्राउ"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु