४० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिने I

Posted by Omn-Nepal on Tuesday, June 9, 2015 | 0 comments


काठमाडौँ, २१ माघ ,

उचित खानपान र जीवनशैली अपनाए ४० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिने चिकित्सकहरू बताउँछन् । विश्व क्यान्सर दिवसका अवसरमा आज जनस्वास्थ्य सरोकार ट्रष्टद्वारा आयोजित कार्यक्रममा विश्वमा हरेक वर्ष पाँच लाखको सङ्ख्यामा पाठेघर तथा स्तन क्यान्सर रोगी फेला पर्ने र तीमध्ये दुई लाख ७० हजार रोगीको ज्यान जाने गरेको बताइयो । 

काठमाडौँ मोडेल अस्पतालका स्त्रीरोग विभाग प्रमुख डा अरुणा कार्कीले महिलाको सानै उमेरमा विवाह हुने, धेरै सन्तान जन्माउने, पौष्टिक तत्वको कमीजस्ता कारणले पाठेघर तथा स्तनको क्यान्सर हुने भएकाले हरेक एक वर्ष महिलाले स्तन तथा पाठेघरको जाँच गराउनुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपाल सरकारले समेत विगत दुई÷तीन वर्षदेखि क्यान्सर रोगका बारेमा सचेतना कार्यक्रम गर्न थालेको र अझ यसलाई व्यापक बनाउनुपर्छ भन्नुभयो । 

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा गणेश दङ्गालले शरीरमा भएको कोठीको आकार अस्वभाविक रुपमा बढेमा, कोठीबाट रगत निस्कने भएमा क्यान्सरको लक्षण हुन सक्ने भएकाले समयमै जाँच गराउनुपर्नेमा जोड दिनुभयो । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा सूर्तिजन्य वस्तुको सेवनका कारण २२ प्रतिशत क्यान्सर रोगीको मृत्यु हुने गरेको छ । नेपालमा धेरै मृत्युको कारणमध्ये क्यान्सर रोग तेस्रो नम्बरमा पर्ने गरेको छ । 

मुख्यतः फोक्सो, पेट, कलेजो, महिलामा स्तन तथा पाठेघर क्यान्सर हुने गरेको देखिन्छ । तीमध्ये २० प्रतिशत रोगी न्यून आय भएका मुलुकका हुने गरेका छन् । रासस :

0 comments for "४० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिने I"

Leave a reply

भर्खरै राखिएका

चर्चित खबर

देशविदेशका खबरहरु